बिएल संवाददाता
गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले हालै गोरखा भू.पू. सैनिकहरूको हक, हित र अधिकार संरक्षणका लागि संस्थागत रूपमा निरन्तर क्रियाशील रहेको स्पष्ट पार्दै संगठनको उद्देश्यविपरीत फैलाइएका भ्रमपूर्ण अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।
संस्थाका संस्थापक अध्यक्ष पदमबहादुर गुरुङद्वारा हाल व्यक्त गरिएका भनाइ तथा गतिविधिहरू गोरखा आन्दोलन र जी-टु-जी वार्तालाई नै प्रभावित पार्ने खालका रहेको भन्दै गेसोले कडा प्रतिक्रिया दिएको छ। विज्ञप्तिमा गुरुङ अब कुनै पनि आधिकारिक जिम्मेवारीमा नरहेकाले उनका अभिव्यक्तिहरू गैरजिम्मेवार र अराजकताको पराकाष्ठा भएको उल्लेख गरिएको छ।
गेसोले संगठनको स्थापनाकालदेखि हालसम्म नेतृत्वदायी भूमिका निर्वाह गर्ने विभिन्न व्यक्तिहरूको योगदान स्मरण गर्दै गोरखा समुदायलाई संगठित र एकताबद्ध रहन आह्वान गरेको छ। साथै, झुटा प्रचार तथा व्यक्तिगत स्वार्थबाट प्रेरित अभिव्यक्तिहरूबाट सतर्क रहन सबैलाई आग्रह गरिएको छ।
गेसोका महासचिव नरहाङ राईद्वारा जारी विज्ञप्तिमा गोरखा भू.पू. सैनिकहरूको न्यायपूर्ण माग सम्बोधन गर्न सकारात्मक वार्ता र संवादमार्फत समाधान खोज्न संगठन प्रतिबद्ध रहेको पुनः स्पष्ट पारिएको छ। गोरखा समुदायलाई संयमित रहन, भ्रामक सूचनाबाट बच्न तथा गोरखा वार्तालाई सफल बनाउन ध्यान केन्द्रित गर्न आग्रह गरिएको छ।

माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया