‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
बिएल संवाददाता
थाइल्याण्डको एउटा बाल हेरचाह केन्द्रमा बिहीबार एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा ३५ जनाले ज्यान गुमाएका छन्।
उत्तरपूर्वी प्रान्तमा रहेको त्याे बालगृहमा २२ बालबालिकासहित दर्जनाैँको मृत्यु भएको स्थानीय प्रहरी प्रवक्ताले जानकारी दिएका छन्। स्राेतका अनुसार आक्रमणकारीले आफ्नी श्रीमती र बच्चासहित आफूलाई गोली हानेका छन्।
घटनामा बालबालिकासहित कैयाैँ युवा–युवती रहेकाे अधिकारीहरूले जनाएका छन्। प्रहरी मेजर जनरल अचायोन क्रेथोङले नोङबुआ लम्फुले दिउँसोतिर बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको बताएका छन्।
थाइल्यान्डकाे क्षेत्रीय सार्वजनिक मामिला कार्यालयका प्रवक्ताले अहिलेसम्म ३५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।
आक्रमणकारी थाइल्याण्ड प्रहरीका पूर्वअधिकृत रहेको बताइएको छ। प्रहरीका अनुसार ३४ वर्षीया पन्या कम्रबले घटना गराएकी हुन्।
लागुऔषध मुद्दामा संलग्न भएको आरोपमा उनलाई प्रहरीको जागिरबाट बर्खास्त गरिएको थियो। अन्ततः उनै पन्याले कैयाैँ मानिसकाे ज्यान लिएका छन्।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया