बिएल संवाददाता
बङ्गलादेशका लागि अमेरिकाका एक उच्च अधिकारीले जातीय रोहिङ्ग्या शरणार्थीलाई म्यानमार फर्काउनका लागि अवस्था असुरक्षित रहेको बताएका छन्।
बङ्गलादेशमा राज्यबिहीन अल्पसंख्य समुदायका करिब १० लाख सदस्य रेहका छन्, जसमध्ये अधिकांश सन् २०१७ मा छिमेकी देश म्यानमामा भएको सैन्य कारबाहीबाट भागेका थिए।
अमेरिकी नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जेयाले ढाकामा पत्रकारहरूसँग भनिन्, ‘हामी रोहिंग्याहरूको अन्तिम, सुरक्षित, सम्मानजनक, सुसूचित र स्वैच्छिक फिर्तीका लागि वातावरण सिर्जना गर्ने प्रयासलाई समर्थन गर्दछौँ।’
बङ्गलादेशका विदेश सचिव मसूद बिन मोमेनसँगको वार्तापछि बोल्दै जेयाले रोहिंग्या समुदायलाई जबर्जस्ती स्वदेश फर्काउने प्रतिवद्धता दोहोर्याएकोमा ढाकाको प्रशंसा गरिन्। बङ्गलादेश र म्यानमारले दशकौँदेखि उत्पीडनमा परेका र नागरिकताबाट बञ्चित रोहिङ्ग्या शरणार्थीलाई आफ्नो मातृभूमिमा फर्काउने प्रयासबारे छलफल गरेका छन्।
यस वर्ष रोहिङ्ग्या शिविरमा प्रतिद्वन्द्वी विद्रोही सेनाबीच भएको झडपमा दर्जनौंको मृत्यु भएको छ भने ह्युमन राइट्स वाचले बिहीबार ‘सशस्त्र समूह र आपराधिक समूहद्वारा बढ्दो हिंसा’को चेतावनी दिएको छ।
संयुक्त राज्य अमेरिका रोहिङ्ग्या मानवीय प्रयासहरूको लागि सबैभन्दा ठूलो दाता हो, जसले रोहिङ्ग्या र बङ्गलादेशका सहयोगी समुदायहरूलाई २.१ अर्ब अमेरिकी डलरभन्दा बढीको सहायता प्रदान गर्दछ।
आर्थिक सहायता कटौतीले संयुक्त राष्ट्रसंघीय खाद्य एजेन्सीलाई यस वर्ष दुई पटक शरणार्थी बस्तीका लागि रासन कटौती गर्न बाध्य बनाएको छ। सहायताकर्मीहरूले यो कदमले शिविरहरूमा पहिले नै अनिश्चित सुरक्षा स्थितिलाई अझ खराब बनाउन सक्ने चेतावनी दिएका छन्।
जेयाले बिहीबार बंगलादेश र म्यानमाररको रखाइन राज्यका शिविरमा रहेका रोहिङ्ग्या शरणार्थीका लागि थप सात करोड ४० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेकी छन्।
अमेरिकी कूटनीतिज्ञले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग पनि भेट गरी सन् २०२४ को जनवरीमा हुने ‘स्वतन्त्र र निष्पक्ष निर्वाचनको आवश्यकता’ बारे छलफल गरेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया