राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको स्वास्थ्योपचारको खर्चबापतको ५५ लाख रुपैयाँकाे बिल अर्थ मन्त्रलायमा पठाएका छन्।
भारतमा रहँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँको बिल उनले सोमबार अर्थ मन्त्रालयलाई पठाएकाे अधिकारीहरूले जनाएका छन्।
राष्ट्रपति पौडेल गत वैशाख ६ गते स्वास्थ्य परीक्षणका लागि श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्समार्फत भारत गएका थिए। उनी त्यहाँ १० दिन उपचार गराई वैशाख १७ गते नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाल फर्केका थिए।