‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
अनलाइनखबर
यथास्थिति र सबै प्रकारका जडतामाथि प्रश्न गर्नु आहुतिको मूल परिचय हो। विचारोत्तेजक विमर्श तथा लेखनका कारण उनलाई बागी चिन्तक समेत मानिन्छ। राजनीतिकर्मी तथा लेखक आहुति नेपालको गणतन्त्रलाई ‘कामचलाउ गणतन्त्र’ मात्र ठान्छन्।
आहुति भन्छन्, ‘हिन्दू जात व्यवस्थाको पक्षपोषण गर्ने यो गणतन्त्र दलाल पूँजीवादको केन्द्र हो। यसलाई भत्काउनै पर्छ।’ स्थापनाको १३ वर्ष पुग्दै गरेको नेपालको गणतन्त्रमाथि आहुतिको टिप्पणी झट्ट सुन्दा असामान्य लाग्छ। तर उनका तर्कले अहिलेको गणतन्त्रमाथि एकपछि अर्को प्रश्न उठाउँछ।
गणतन्त्र दिवस– २०७८ को अवसरमा विश्वभक्त दुलाल (आहुति)सँग गरिएको कुराकानीको संक्षेप :
‘गणतन्त्र’ राजा रहने र नरहने दृश्यमा मात्र सीमित देखिएको हो ?
गणतन्त्रको अर्थ राजा रहने र नरहने कुरामा मात्र सीमित छैन। किनभने राजा सामन्तवादको प्रतीक भएकाले शुरूमा सांस्कृतिक, आर्थिक र राजनीतिक रूपमा राजतन्त्र अन्त्य गर्ने कुरा नै मुख्य थियो। यद्यपि आज विश्वका अधिकांश मुलुकको अवस्था हेर्ने हो भने आफ्नो व्यवस्था टिकाउनकै लागि जस्तो मन लाग्छ त्यस्तो अर्थमा ‘गणतन्त्र’लाई परिभाषित गरिएको छ।
नेपालको हकमा हेर्दा पनि राजा रहने र नरहनेमै गणतन्त्र अड्किएको छ। हिजो हिन्दू धर्म र त्यसको वैचारिकीको नेता थियो राजतन्त्र। त्यसलाई अन्त्य गर्न गणतन्त्रले धर्मनिरपेक्षताको मुद्दा स्थापना ग¥यो। तर विडम्बना, अहिले पनि देशलाई हिन्दूकरण गर्ने प्रयास भइरहेको छ। पुराना हिन्दू मान्यतालाई कटौती गरिएको छैन। धर्मनिरपेक्षतालाई लागू हुन नदिने प्रयास छ। यो हुनु भनेको गणतन्त्रको मुख्य मर्मलाई सफल हुन नदिनु हो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया