बिएल संवाददाता
आइसिसी टी- २० विश्वकपअन्तर्गत पहिलाे खेलमा नेपाल नेरल्याण्ड्ससँग पराजित भएकाे छ।
मंगलबार राति डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएकाे हाे।
नेदरल्याण्ड्सले नेपालले दिएकाे १ सय ७ रनकाे लक्ष्य १८. ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्याे।
नेदरल्याण्ड्स म्याक्स ओ ड्वडले अविजित अर्धशतक प्रहार गरे। भने, विक्रमजित सिंहले २२ तथा स्याब्राण्ड एङ्गलब्रेचले १४ रन बनाए।
नेपालका साेमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनास बाेहराले १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिलाे ब्याटिङ गरेकाे नेपालले १९.३ ओभरमा अलआउट हुँदै १ सय ६ रन बताएकाे थियाे। त्यसक्रममा नेपालका कप्तान राेहितकुमार पाैडेलले ३५, करन केसीले १७, गुल्सन झाले १४ तथा अनिल साहले ११ रन प्रहार गरेका थिए।
नेदरल्याण्डसका बलर लोगान भान बीक र टिम प्रिंगलले ३-३ विकेट लिए। भने, बास डी लीड र पाउल भान मीकेरेनले २-२ विकेट लिएका थिए।
अब नेपालले १२ जुन (जेठ ३०) गते श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया