‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
पहिलो मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाली राष्ट्रिय महिला टोलीले कतारलाई सहजै पराजित गरेको छ। मंगलबार दोहामा भएको तीन शृंखलाको पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले पराजित गरेको हो।
जितका लागि १४७ रनको लक्ष्य पाएको कतार ११ ओभर ५ बलमा मात्र २७ रनमा अलआउट भएको थियो। नेपालको धारिलो बलिङ सामु कुनै पनि कतारी खेलाडी खुलेर खेल्न सकेनन्।
कतारका ७ खेलाडी शून्यमै आउट भएका थिए भने कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
नेपालकी कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३ विकेट लिइन्। ११ बल फालेकी रुविनाले १ रन दिएर ३ विकेट लिएकी थिइन्। यस्तै कविता कुँवर र सिता राना मगरले समान २ विकेट लिए। यता, करुना भण्डारीले १ विकेट लिइन्।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको थियो।
नेपालको लागि इन्दु बर्माले अर्धसतकसहित सर्वाधिक ५५ रन बनाइन्। ४५ बल खेलेकी इन्दुले ५ चौका प्रहार गरेकी थिइन्। यस्तै सिता राना मगरले ३९ रनको योगदान गरेकी थिइन्।
नेपालले कतार भ्रमणमा तीन टी–ट्वान्टी खेल खेल्नेछ। यसपछि नेपाली टोली ग्लोबल छनोट खेल्न संयुक्त अरब इमिरेट्स प्रस्थान गर्नेछ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया