सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
बिएल संवाददाता
पहिलो मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाली राष्ट्रिय महिला टोलीले कतारलाई सहजै पराजित गरेको छ। मंगलबार दोहामा भएको तीन शृंखलाको पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले पराजित गरेको हो।
जितका लागि १४७ रनको लक्ष्य पाएको कतार ११ ओभर ५ बलमा मात्र २७ रनमा अलआउट भएको थियो। नेपालको धारिलो बलिङ सामु कुनै पनि कतारी खेलाडी खुलेर खेल्न सकेनन्।
कतारका ७ खेलाडी शून्यमै आउट भएका थिए भने कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
नेपालकी कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३ विकेट लिइन्। ११ बल फालेकी रुविनाले १ रन दिएर ३ विकेट लिएकी थिइन्। यस्तै कविता कुँवर र सिता राना मगरले समान २ विकेट लिए। यता, करुना भण्डारीले १ विकेट लिइन्।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको थियो।
नेपालको लागि इन्दु बर्माले अर्धसतकसहित सर्वाधिक ५५ रन बनाइन्। ४५ बल खेलेकी इन्दुले ५ चौका प्रहार गरेकी थिइन्। यस्तै सिता राना मगरले ३९ रनको योगदान गरेकी थिइन्।
नेपालले कतार भ्रमणमा तीन टी–ट्वान्टी खेल खेल्नेछ। यसपछि नेपाली टोली ग्लोबल छनोट खेल्न संयुक्त अरब इमिरेट्स प्रस्थान गर्नेछ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया