ओनसरी घर्तीलाई कर्जा चुक्ता गर्न सहकारीको १५ दिने सूचना

पूर्वसभामुख तथा माओवादी नेत्री ओनसरी घर्तीलाई धन जमानी बसेर लिइएको ऋण चुक्ता गर्न सहकारीले ताकेता गरेको छ।

घर्तीका नाममा ललितपुर, पुल्चोकको लालीगुराँस बहुउध्देश्यीय सहकारी संस्था लिमिटेडले १५ दिने सूचना जारी गरेको छ।

यसअघि २१ दिने सूचना जारी गरे पनि ऋणीले कर्जा चुक्ता नगरेपछि ऋणीसहित धनजमानी बसेकी घर्तीको तीन पुस्ते खुलाएर कान्तिपुर दैनिक पत्रिकामा सूचना प्रकाशित गरिएको हो। ओनसरीले केशव रावललाई व्यक्तिगत जमानतमा कर्जा दिलाएकी थिइन्।

काठमाडौंको बालुवाटार बस्ने रोल्पाको तत्कालीन जंकोट गाविसकी घर्तीले नागरिकता र पदीय मर्यादामा व्यक्तिगत जमानी दिलाएको सहकारीले जनाएको छ। उनले रुकुम घर भई नयाँ बानेश्वर बस्ने ३४ वर्षे केशव रावललाई कर्जा दिलाएकी थिइन्।

सूचनामा भनिएको छ, ‘यस सूचना प्रकाशित मितिले १५ दिनभित्र संस्थालाई बुझाउनुपर्ने बाँकी रहेको सम्पूर्ण रकमसमेत चुक्ता गर्नुहोला। अन्यथा, ऋणी तथा व्यक्तिगत जमानी बस्ने व्यक्तिहरूको चल अचल सम्पत्तिहरुबाट र कानुनबमोजिम निजहरुको घर घरानाबाट समेत असुल उपर गरिने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ।’

प्रकाशित मिति: : 2023-06-30 06:18:00

प्रतिकृया दिनुहोस्