विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
प्रशान्त रोका
माओवादीले सुरु गरेको १० वर्षे लामो जनयुद्धको इतिहासलाई आज पनि केही मानिसहरु एउटा 'फगत द्वन्द'को संज्ञा दिन्छन्। तर, केही मानिसहरू भने त्यो युद्धको अवधि वास्तवमा छोटो भएको र अझै लामो हुनुपर्नेमा विश्वास गर्छन्।
समाजवादी वैचारिक सिद्धान्तलाई अवलम्बन गरेर माओवादी युद्धमा जो-जो बन्दुक र बारुद खेलाउँदै हिँडे, आज उनीहरुको सपना पुरा भएको छैन भन्नेमा चाहीँ कुनै दुविधा छैन।
युद्धलाई नेतृत्व गरिरहेका पुष्पकमल दाहाल 'प्रचण्ड', बाबुराम भट्टराई, कृष्णबहादुर महरालगायत शीर्ष नेताहरू भलै आज पुँजीवादी विचारकाे उपभोग गरिरहेका छन्, तर युद्धको सुरुवाती दिनहरुमा उनीहरुले देखेको सपना र अठोटमा भने कुनै शंका छैन, वा थिएन।
माओवादीले नै त्यतिबेला संसदीय व्यवस्थालाई 'बाहिर खसीको मासु देखाएर भित्र कुकुरको मासु बेच्ने ठाउँ'को संज्ञा दियो। तर बिडम्बना, अहिले माओवादीका उनै नेताहरु संसदीय व्यवस्थाको भरपुर मजा लिइरहेका छन्।
केही साताअघि मोहन वैद्दले पनि सत्तामा पुगेपछि जस्तोसुकै निष्पक्ष र असल पात्रहरुको पनि प्रवृतिमा अनपेक्षित परिवर्तन आउने सत्यलाई नकार्न नसकिने बताए।
यसैबीच माओवादी युद्धले नेपालमा अभिव्यक्ति स्वतन्त्रताको लागि मार्ग प्रशस्त गर्न भने ठूलो सहयोग गर्यो। त्यसो त युद्धमा माओवादी लडाकुहरुले गर्ने विभिन्न गतिविधिलाई नियाल्ने हो भने नेपालमा बहुआयामिक समुदाय र वर्गको इतिहास पुरानै हो भन्ने लाग्छ।
युद्धमा प्रयोग हुने बन्दुक, बारुद, बम, पेस्तोल, राइफल सञ्चार उपकरणलगायत अन्यु थुप्रै अत्याधुनिक सामाग्रीहरु माओवादी लडाकुहरुले भूमिगतको वातावरणमा जंगल र गाेप्य घरहरुमा प्रयाेशाला नै बनाएर निर्माण गरे।
माओवादीले युद्धका लागि आवश्यक हातहतियारहरु खासै बाह्य देशहरुबाट आयात गरेन। बरु आर्थिक संकट टार्न केही छिमेकी देशहरुमा निर्यात गर्नुपर्यो।
यसैबीच ०५३ सालको बैशाख २४ गते रुकुमको तकसेरामा माओवादी लडाकुहरुले पहिलोपल्ट एम्बुस थापे। त्यस दिन शाही सेनाको तीन वटा हेलिकप्टर तकसेराकै आकाशमा घुमिरहेका थिए। दुई वटा हेलिकप्टर बिहान साढेँ ७ बजेतिर र एउटा हेलिकप्टर बेलुकी ५ बजेतिर घुमिरहेको थियो।
त्यसका बाबजुद पनि माओवादी लडाकुहरुले ठूलो चुनौती र जोखिम मोलेर एम्बुसको योजना बनाए। र अन्ततः उनीहरु सफल पनि भए। जहाँ, दुई प्रहरीले ठाउँको ठाउँ ज्यान गुमाए भने दुई वटा राइफल लडाकुहरुले आफ्नो नियन्त्रणमा लिएका थिए।
तकसेरा कब्जा गरिसकेपछि भने उनीहरू लामाे समय घटनास्थलमा रहेनन्। उनीहरू फरार भइहाले। किनकि त्यसदिन शाही सेनाकाे हेलिकप्टर उनीहरुलाई शिकार बनाउन आकाशमा घुमिरहेका थिए।
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया