नेकपा स्मरण गर्दै प्रचण्डले भने– फड्किएर पार्टी एकता गर्दा दुर्घटना भयो

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादीबीच पार्टी एकता गर्न हतार गरिएछ कि भन्ने लागेको बताएका छन्।

पार्टी एकता गर्न हतार गरिएकै कारण जनताबाट पाएको अपार सफलतालाई जोगाउन नसकिएको स्मरण गरे।

सोमबार राष्ट्रिय सभागृहमा ‘समाजवादी मोर्चा नेपाल’ घोषणा समारोहलाई सम्बोधन गर्दै निश्चित विचार र उद्देश्यका साथ मोर्चा बनाउन सफल भएको भन्दै उनले फड्किएर पार्टी एकता गर्दा दुर्घटना भएको बताए।

उनले हिजोको नेकपा भत्किुनुमा कसैलाई दोष नदिने बताए। प्रचण्डले हिजोको तितामिठा अनुभवबाट सिकेर अब नयाँ शिराबाट अभियानलाई थप बलियो बनाउने बताए।

प्रचण्डले समाजवादी मोर्चा नेपालको सफलतालाई कसैले रोक्न नसक्ने पनि भनाइ राखे।

प्रकाशित मिति: : 2023-06-19 18:03:00

प्रतिकृया दिनुहोस्