नक्कली शरणार्थी प्रकरण : थुनछेक बहस सकियो, आदेश आजै आउने

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सकिएको छ।

काठमाडौँ जिल्ला अदालतमा सरकारी वकिलहरुले शुक्रबार जवाफी बहस गरेपछि थुनछेक बहस सकिएको हो। थुनछेक बहस सकिएकाेले आदेश आजै आउने भएको छ।

गत जेठ २१ गतेदेखि सुरु भएकाे थुनछेक बहस १३ दिनपछि आज बल्ल सकिएकाे हाे। आज जवाफी बहस गरेका सरकारी वकिलहरुले पक्राउ परेका अभियुक्तहरुलाई छाड्न नहुने बताएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा १८ जना अभियुक्त पक्राउ परेका छन्।

प्रकाशित मिति: : 2023-06-16 14:36:00

प्रतिकृया दिनुहोस्