प्रतिनिधिसभा आजदेखि बैठकमा मन्त्रालयगत छलफल हुने

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ।

नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा आज बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ।

वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयको बजेटबारे छलफल गरिने कार्यसूचीमा रहेकाे छ।

यी मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

प्रकाशित मिति: : 2023-06-15 07:12:00

प्रतिकृया दिनुहोस्