मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन्।

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज साँझ विश्वासको मत लिन लागेका हुन्। त्यसकाे लागि आज साँझ ५ बजे प्रदेशसभाको आकस्मिक बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएकाे छ।

सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ। साेही बमाजिम मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।

यादव एमालेसहितका दलको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। तर, एमाले गत चैत २१ गते सरकारबाट बाहिरिएको थियो भने जेठ १ गते समर्थन फिर्ता लिएको थियो। 

प्रकाशित मिति: : 2023-06-13 14:06:00

प्रतिकृया दिनुहोस्