आज एमालेको सचिवालय बैठक बस्दै

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा (एमाले)लेको सचिवालय बैठक आज बिहान साढे ११ बजे बस्दैछ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा सचिवालय बैठक बस्ने लागेको हाे।

२०८० चैत मसान्तभित्र सबै तहगत कमिटीका अधिवेशन सक्ने कार्ययोजना बनाएको छ। असार १ गतेदेखि ‘मिसन ग्रासरूट’ थप विस्तार गर्ने लक्ष्यसहित संगठन सुदृढीकरण र परिचालनको नयाँ कार्ययोजना बनाएकाे छ।

आज शुक्रबार बस्ने सचिवालय बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्जहरूलाई यसअघि तोकिएको भूगोलभन्दा फरक ठाउँमा कार्यक्षेत्र रहनेगरी जिम्मेवारी दिनेछ।

नेकपा (एमाले)मा १९ सदस्यीय सचिवालय छ। त्यसमध्ये सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणका कारण निलम्बनमा छन्।

प्रकाशित मिति: : 2023-06-02 07:46:00

प्रतिकृया दिनुहोस्