झलनाथ खनालमाथि भएको दुर्व्यवहारप्रति युवा संघकाे ध्यानाकर्षण

File Photo
File Photo

युवा संघ नेपालले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार काठमाडौंको अनामनगरमा राखिएको एक कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालमाथि ज्ञानेन्द्र शाह समर्थक केही युवाहरुले उनीमाथि चर्को नाराबाजी गर्दै अभद्र व्यवहार प्रस्तुत गरेका थिए।

उक्त घटनाप्रति युवा संघ नेपालका महासचिव दिपक जिएमले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको छन्, ‘पार्टीका सम्मानित नेता खनालमाथि ज्ञानेन्द्र शाहको समर्थक बताउने केही सुण्डमुसुण्डहरुले गरेको अभद्र र अराजनैतिक हर्कतको घोर निन्दा र भर्त्सना गर्दछौँ।’

विज्ञप्तिमा थप भनिएको छ, ‘प्रधानमन्त्रीको भारत भ्रमण र भारतीय संसदमा नेपाली भूमि अंकित गरी राखिएको नक्साको सन्दर्भमा वामपन्थीहरुको धारणा तय गरी सुझाव दिने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया तथा छलफलमा छदमभेषमा प्रवेश गरेका ज्ञानेन्द्र शाहको सुण्ड–मुसुण्ड हरुले गरेको अभद्र र अराजनैतिक हर्कतको घोर निन्दा र भत्सर्ना गर्दछौँ।’

‘नेपाली जनताको सार्वभौम, स्वतन्त्रता समानताको खातिर समान्तवाद दलाल नोकरशाहीविरुद्धको संघर्षमा अविचलित नेपाल कम्युनिष्ट आन्दोलनको अग्रणी नेताहरुमाथि हुने यो किसिमको घटनाहरु लाखौं जनताको संघर्ष र वलिदानबाट प्राप्त गणतन्त्र र संविधानमाथिको नांगो प्रहार हो’, युवा संघ नेपालकाे ठहर छ।

साथै जनताले रछ्यानमा मिल्काइसकेको राजतन्त्रले टाउको उठाउन खोजेको भन्दै जनसमुदायमा ध्यानाकर्षण गराउँदै त्यसतर्फ सचेत रहन समेत संघले अपील गरेको छ।

‘आम जनसमुदायलाई व्यवस्था र आन्दोलनको रक्षार्थ दृढताका साथ उभिनका लागि आह्वान गर्दै प्रगतिशील, देशभक्त क्रान्तिकारी युवा तथा जनसमुदायमा यस्ता हर्कत तत्काल बन्द नगरे देशभर सशक्त प्रतिकारमा उत्रनसमेत हार्दिक आह्वान गर्दछौं’, संघका महासचिव दिपक जिएमले विज्ञप्तिमा जारी गरेका छन्।

प्रकाशित मिति: : 2023-05-31 18:08:00

प्रतिकृया दिनुहोस्