नागरिकता विधेयक प्रमाणीकरण संसदीय मूल्य मान्यता र राष्ट्रहित विरूद्ध छ: रवि लामिछाने

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरणप्रति आपत्ति जनाएका छन्।

सरकारको आग्रहमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेपछि उनले आपत्ति  जनाएका हुन्।

सभापति लामिछानेले बुधबार सामाजिक सञ्जालमा लेख्दै विधेयक प्रमाणीकरण लोकतान्त्रिक संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध भएकाे उल्लेख गरेका छन्।

उनले नयाँ संसदमा छलफल नगराइ पुरानै विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति संस्थाको गरिमाविपरित भएकाे बताएका छन्।

'नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित, लोकतान्त्रिक संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध छ', उनले लेखेका छन्।

प्रकाशित मिति: : 2023-05-31 14:08:00

प्रतिकृया दिनुहोस्