आज रवि लामिछानेविरुद्धको रिटमा प्रारम्भिक सुनुवाइ हुने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 'सांसद हुन अयोग्य रहेको' भन्दै सर्वाेच्च अदालतमा परेको रिटमा आजबाट प्रारम्भिक सुनुवाइ हुने भएको छ।  

पूर्वगृहमन्त्री लामिछानेले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै गत बुधबार अदालतमा रिट दर्ता भएको थियो। अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरी पुरानै नागरिकताको प्रतिलिपि प्राप्त गरेको भन्दै रिट दर्ता भएको अधिकारीहरूले जनाएका छन्।

यसअघि कायम नरहेको नागरिकताको प्रतिलिपि प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनकाे सांसद् पद खारेज भएकाे थियाे। पुनः नागरिकता लिएर चितवनबाट चुनाव जितेका लामिछानविरुद्ध नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै अर्काे सांसद् पद खारेजीकाे माग राखि अर्काे रिट परेकाे छ।

प्रकाशित मिति: : 2023-05-31 10:19:00

प्रतिकृया दिनुहोस्