सिम्ताका अध्यक्षद्वारा उपप्रधानमन्त्री खड्कासमक्ष योजनामा बजेट विनियोजन गर्न आग्रह 

सिम्ताका अध्यक्षद्वारा उपप्रधानमन्त्री खड्कासमक्ष योजनामा बजेट विनियोजन गर्न आग्रह 

सिम्ता गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्दले उपप्रधान तथा रक्षा मन्त्री पुर्ण बहादुर खड्कालाई भेटेर पूर्वाधारका योजनामा बजेट व्यबस्था गर्न माग गरेका छन्।

अध्यक्ष चन्द र प्रशासकीय प्रमुख भलाराम पंगालीले मंगलबार सिंहदरबार स्थित रक्षा मन्त्रालयमा पुगेर खड्कालाई भेट गर्दै पूर्वाधारका योजनामा बजेट व्यबस्था गर्न माग गरेका थिए।

भेटघाटमा शहिद ऋषि चक्रपथ र शहिद इन्द्र बिसी द्रुतमार्ग सडक 
स्तरोन्नति लागि बजेट विनियोजन गरिदिन आग्रह गरेका छन्। त्यस्तै जामुने बजार, डाँडाखाली चोल्पा हुँदै गुर्भाकोटको गुमि जोड्ने सडक कालोपत्रे गर्न पर्याप्त बजेट विनियोजन गर्न आग्रह गरेका छन्।यस्तै चन्द आफनौँ क्षेत्रबाट निर्वाचित माननीय भएको हुँदा बजेट विनियोन गर्न आग्रह गरेको बताउँछन्। 

‘पुर्ण बहादुर जीले सम्हालेको रक्षा मन्त्रालय भएपनि उहाँ हाम्रो क्षेत्र बाट निर्वाचित माननीय हो , उहाँको मन्त्रिपरिषदमा राम्रो भुमिका भएको कारण भेटेर आग्रह गरेका हौं’ चन्दले भने। 

प्रकाशित मिति: : 2023-05-16 17:17:00

प्रतिकृया दिनुहोस्