बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
अनलाइनखबर
चिनियाँ कम्युनिष्ट पार्टीले बिहीबार आफ्नो स्थापनाको सय वर्ष पूरा गर्दैछ। थुप्रै प्रतिकूलताका बावजुद चीन ‘कम्युनिष्ट पार्टी र विचारधारा’को मार्गनिर्देशनमा वैश्विक नेतृत्व दाबी गर्न सक्ने ठाउँमा पुगेको छ।
संसारका दुई विशाल जनसंख्या भएका देशहरूको बीचमा रहेको रणनीतिक अवस्थितिका कारण नेपाल छिमेकका सन्दर्भहरूबाट प्रभावित नभई रहन सक्दैन। त्यसो त, भूमण्डलीकरणले नजिक र टाढाको विषयलाई सापेक्ष सवाल बनाइसकेको छ।
नेपालमा त झन् अहिले ‘कम्युनिष्ट सरकार’ छ। चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका कम्युनिष्टहरूबीच विचार र गतिविधिहरूको आदानप्रदान भइरहन्छन्। यस्तो आदानप्रदान र अन्तर्क्रियालाई अग्ला हिमालहरूको पर्खालले छेक्न सकिरहेको छैन।
गत वर्ष कात्तिकमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट बौद्धिक नेताहरूले काठमाडौंमा ‘सी जिनपिङ विचारधारा’बारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा कम्युनिष्ट धारमा नयाँ पुस्ताका वैचारिक नेता मानिएका घनश्याम भुसालले भनेका थिए, ‘सी जिनपिङ विचारधारा एक ऐतिहासिक पहलकदमी हो।
कुनै विश्वस्तरीय परियोजनामा कहिँकतै कमजोरी रहन्न भन्न सकिन्नँ तर चीन र यसका सहभागीहरूले यसलाई सुधार्दै, परिमार्जन गर्दै र विकसित गर्दै जान सक्दछन्। यसले अझ नयाँ र उन्नतस्तरको नयाँ विश्व परियोजनाको ढोका खोल्नेछ। ’भुसालले अगाडि थपे, ‘चिनियाँ कम्युनिष्ट पार्टीले भनेझैं सी जिनपिङ विचारधारा चिनियाँ विशेषताको समाजवाद निर्माण गर्ने क्रममा जन्मेको हो। यसले नयाँ विश्व व्यवस्थाको माग गर्दछ। त्यसमा हाम्रो स्थान र भूमिका नेपाली चरित्रको समाजवाद निर्माण गर्ने हाम्रो योग्यताले निर्धारण गर्नेछ।’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया