रोशन परियार
रुनु त यसरी रुनु
जस्तो कि आँशुले पनि गर्व गरोस्
र भनोस् , आभार छ "आँखा"
कैद मुक्त गरि दियौ
हाँस्नु त यसरी हाँस्नु
जस्तो कि खित्काले पनि गर्व गरोस्
र भनोस् , धन्यवाद छ "ओठ"
पिंजडाको ढोका खोली दियौ
बस्नु त यसरी बस्नु
जस्तो कि मुटुले पनि गर्व गरोस्
र भनोस् , नमन छ "मन"
प्रेमलाई पूजा गरि दियौ
हिंड्नु त यसरी हिंड्नु
जस्तो कि यात्राले पनि गर्व गरोस्
र भनोस् , बधाई छ "बाटो"
सपनाहरु आजाद गरि दियौ
सुत्नु त यसरी सुत्नु
जस्तो कि निन्द्राले पनि गर्व गरोस्
र भनोस् , स्याबास छ "सास"
मृत्युको आभाष गराई दियौ
काम गर्नु त यसरी गर्नु
जस्तो कि कामले पनि गर्व गरोस्
र भनोस् , नमस्कार छ "नाम"
आफ्नो लायक सम्झि दियौ
हात समाउनु त यसरी समाउनु
जस्तो कि साथले पनि गर्व गरोस्
र भनोस् , सलाम छ "साथी"
एक्लै पनि काफी थियौ
दुनियाँलाई पछि पारी छाड्यौ
भर पर्नु त उसैको पर्नु
विश्वास गर्नु त उसैको गर्नु
जस्तो कि युगले पनि गर्व गरोस्
र भनोस् , एउटा असल "मान्छे"
जसले असल बन्नका लागि
सोंच बदल्यो , सिद्धान्त हैन
जसरी
पिपल ले पात बदल्छ , जरा हैन
घामले दिशा बदल्छ , आकाश हैन ।।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया