देउवा–आरजुदेखि दिक्क भएको जनाउ दिँदै गगन थापाले भने : अब त अति भयो !

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले अब त अति भयो भन्दै चेतावनीको संज्ञा दिएका छन्। कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवाको पेलानमा पर्दै आएका महामन्त्री थापाले समाजिक सञ्जालमा लेख्दै चेतावनी दिएका हुन। 

साथीहरुलाई सम्झाएँ तर अब त अतिभयो भन्दै उनले कति निर्णयहरू मन नपरेको, कति आफूले राखेका विषयले प्रवेश नै नपाएको दुःख पोखेका छन्। संस्थापन ईतरका थापा खरो विचार राख्ने नेताका रुपमा चिनिन्छन्। तर अतिभयो भन्दै लेखेको स्टाटसले पार्टीका संस्थापन पक्षलाई चेतावनी दिएको बुझ्न गाह्रो छैन। 

उनले लेखेका छन्, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अतिभयो।’ 

प्रकाशित मिति: : 2023-05-07 19:10:00

प्रतिकृया दिनुहोस्