नवनियुक्त तीन मन्त्रीले लिए शपथ

नवनियुक्त तीन मन्त्रीले पद तथा गोेपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्रीलाई शपथ गराएका हुन्।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले शपथ लिएका छन्।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उनीहरुलाई बुधबार मन्त्री पदमा नियुक्त गरेका हुन्। तीन जना नै कांग्रेसका तर्फबाट मन्त्री बनेका हुन्।

शपथ समारोहमा अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी कर्मचारीलगायतको सहभागिता थियो।

प्रकाशित मिति: : 2023-05-04 16:06:00

प्रतिकृया दिनुहोस्