नयाँ–पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन– बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले 'नयाँ–पूराना सबै नेता'हरूलाई चोरकाे संज्ञा  दिएका छन्।

मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेताहरूलाई देशको माया नभएको भन्दै विवादास्पद टिप्पणी गरेका छन्। 

‘नयाँ–पुरानो सबै नेताहरू चोर हुन्,’ बालेनले लेखेका छन्, ‘कसैलाई देशको माया छैन।’

उनले गएकाे महिना आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको खुलासा गरेका थिए। त्याेबेला उनले लेखेका थिए, ‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन।’

फेरि उनै मेयर बालेनले नयाँ–पुराना सबै नेताहरूलाई चोर भनेका छन्।

प्रकाशित मिति: : 2023-05-02 22:43:00

प्रतिकृया दिनुहोस्