संघीय संसदको सचिवमा सिफारिस भए पदमप्रसाद पाण्डे र डा.सुरेन्द्र अर्याल

संघीय संसदको सचिव पदमा डा.सुरेन्द्र अर्याल र पदमप्रसाद पाण्डे सिफारिस भएको छन्।

सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्यबाहक राष्ट्रपति रामसहाय यादवलाई भेटेर सचिवको नाम बुझाएका हुन्।

संसद सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाको सचिवमा पाण्डे र राष्ट्रिय सभाको सचिवमा अर्यालको नाम सिफारिस भएको छ। सचिवको कार्यकाल पाँच वर्षको हुनेछ।

प्रकाशित मिति: : 2023-04-30 18:35:00

प्रतिकृया दिनुहोस्