कार्यवाहक राष्ट्रपतिले गरे संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य

कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले आजदेखि संसदको हिउँदे अधिवेशन अन्त्य गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरेका हुन्। 

यादवले जारी गरेको सूचनामा भनिएको छ, 'नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०१/१२ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल वैशाख १५ गते शुक्रबार राती १२: ०० बजेदेखि अन्त्य गरेको छु।'

 

प्रकाशित मिति: : 2023-04-28 19:25:00

प्रतिकृया दिनुहोस्