
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
सुवास शर्मा
छब्बीस बर्ष अगाडी ‘सत्ता बन्दुकको नालबाट जन्मिन्छ’ भन्दै बन्दुक बोकेर जङ्गल पसेको उसले आज अरबमा १२ घन्टा काम सकेर कोठामा आई खुईइ..सुस्केरा हाल्दै फेसबुकमा स्ट्याट्स लेख्यो– 'महान जनयुद्द जिन्दाबाद! वीर सहिद अमर रहुन्! प्रचण्ड पथ जिन्दावाद!'
सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गरिएको यो पोस्ट देखेपछि मेरो दुवै आँखा रोकियो। मानौ ती शब्द भित्र कहिँनकतै म पनि जोडिएको छु। त्यसैले एकपटक पढेर मात्र चित्त बुझेन। फेरि दोहोर्याए पढे, 'महान जनयुद्ध जिन्दावाद! वीर शहिद अमर रहुन् ! प्रचण्ड पथ जिन्दावाद।'
कोठामा चलिरहेको चिसोसँगै मस्त निद्रामा सुतिरहेका रेमिट्यान्स लाहुरेहरुको निद्रा भङ्ग नहुने गरि मनमनै पढे। अनि मनमनै सम्झिए, त्यो बेला प्रचण्डपथको बाटोमा आफ्नो जीवनको अमुल्य समय नास गर्दै हिँडेका मेरा एक जना दाईलाई। जो आज प्रचण्डपथको बाटो हिँड्दा हिँड्दै दुबईको फराकिलो सडकमा आफ्नो एकथान ज्यानलाई अवतरण गराउन विवश छन्।
साताको ६ दिनसम्म आफ्नो ज्यानलाई मेसिनको रफ्तारसँगै चलाएर थकित भएका दाईले बिहीबार हरेक साँझ त्यो थकित ज्यानको दु:खाई कम्ति गर्न आफ्नो कोठामा मलाई बोलाउने गर्छन्। अनि, भरिएको गिलास ठोक्याएर चियर्स भन्दै मनको अनि ज्यानको दु:खाई कम गर्ने कोशिस गर्छन्।
दाईले रक्सी पिउदै गर्दा यस्तो लाग्छ कि उनले रक्सी हैन, कुनै औषधीको झोल पिईरहेका छन्– मनको पीडा कम गर्ने औषधि। त्यसैले होला– बेलाबेलामा उनी भन्ने गर्छन्, 'यो रक्सी बनाउने मान्छेले पनि धेरै सोच-बिचार गरेर बनाएको रैछ यार! नत्र म यसरी पीडा बोकेर कसरी बाँच्न सक्थे होला र।'
'मेसिन चलाउन सजिलो कि मेसिनगन चलाउन दाई?', मेरो प्रश्नमा उहाँ भन्नु हुन्छ–‘हैट! चलाउन त मेसिनगन नै सजिलो नि यार भाई। तर के गर्नु, त्यै मेसिनगन चलाएर देशमा केही परिवर्तन हुन्छ कि भनेर कलम फालेर मेसिनगन समातियो। लास्टा ज्यानले आज दुबईमा पन्जा बनाउने मेसिन चलाउनु पर्याछ। थुक्क जिन्दगी!'
थालमा नुन छर्केर राखेको मुलाको चानालाई हातमा समाउदै दाईले आफ्नो जिन्दगीलाई थुके। थाहा छैन ती दाईले जस्तै कति पूर्व लडाकुले आफ्नो जिन्दगीलाई थुकिरहेका होलान।
एक रोल्पाली मित्र थिए। यतै दुबई आएर चिनजान भएको। केही बर्ष पहिले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) युएईआएको बेला आबुधाबीस्थित नेपाली दुतावासमा उनले प्रचण्डलाई आफूले घाटिमा भिरेको क्यामेरा देखाउदै भनेका थिए, 'कम्रेड, म तपाईको पार्टीको पूर्व लडाकु। हिजो हजुरसँगै जनयुद्धमा हिँडेको म, आज अरबमा एक्लै हिँडिरहेको छु, सपनाहरु तुहाउँदै। अहिले मसँग सम्पत्तिको नाममा यही एउटा क्यामेरा छ। मलाइ जवाफ दिनुस्–अझै कति बर्षसम्म बिदेशमा यस्तो अबस्थामा बसिरहनुपर्ने हो मैले ?’
उनले प्रचण्ड समक्ष पोखेका ती पीडाका शब्दले प्रचण्डको मनलाई छोयो कि छोएन मलाई थाहा छैन। तर, एउटा कुनामा उभिएर बोलिरहेका उनको त्यो मनको पीडा मिसिएको आवाजले मेरो मनलाई भने चसक्क घोचेको थियो। फाटेको लुगा सिउँदा हातको औंलामा सियोले च्वाँस्स घोचे जसरी।
आज जनयुद्ध सुरु भएको छब्बीस बर्ष पूरा भएछ। तत्कालीन नेकपा माओवादीले रोल्पाको होलेरी, रुकुमको आठबीस कोट, सिन्धुलीको सिन्धुलीगढी अनि गोरखाको प्रहरी चौकी आक्रमण गरेर जनयुद्ध घोषणा गरेको। दश बर्षसम्म चलेको त्यो कहाली लाग्दा दिनहरुको अन्त्य गर्न बिस्तृत शान्ति सम्झौतामा गरेको पनि यतिका बर्ष बितिसक्यो। यो बीचमा दर्जनौंपटक सत्ता परिवर्तन भए। नयाँ अनि पुराना अनुहारहरुले पटकपटक राज्यको बागडोर सम्हाले। जो आए, जति आए,अनि जसरी आए, बस् आफ्नै झोली भर्नकै लागि आए। देश सधैं रित्तो रित्तो।
जनयुद्धको घोडा चढेर भारतको दिल्लीमा बिस्तृत शान्ति सम्झौता गरे पश्चचात प्रचन्ड अनि बाबुराम भट्टराई लगायतका नेताहरु प्रधानमन्त्री,मन्त्री त बन्न सफल भए। तर, हिजो जनतालाई जुन सपनाको गुलियो लड्डु देखाएर नेपालको बिकास र समृद्धिको कुरा गर्थे, ठूला भाषण दिन्थे, आज ती केवल खोक्रो भाषण मात्रै रहेछन् भन्ने स्वयंम उनीहरुको चरीत्रले प्रमाणित गरिसकेको छ।
हिजो युद्धकालमा गाउँका घरहरुका भित्ताभित्तामा 'भारतिय बिस्तारवाद मुर्दाबाद' का ठूलठूला अक्षर कोर्नेहरु आज तिनै बिस्तारवादी भनिएकाहरुको आदेश बिना अगाडी पाईला बढाउनै नसक्ने भएका छन्। हिजो भारतिय बिस्तारवादबिरुद्ध सुरुङ्ग युद्ध गर्छौं भन्नेहरु आज त्यै भारतसँग आफ्नो आन्दोलनमा सहयोग गरिदिनुपर्यो भन्दै लाजै नमानी खुलेआम हात फिजाइरहेका छन्। समय पनि कस्तोकस्तो आइपुग्ने रहेछ।
जनयुद्ध लडेको रोल्पाभन्दा प्यारो आज लैनचौर बनेको छ। नबनोस् पनि कसरी। सत्ताको कुर्सी उसैको हातमा जो छ। हिजो रोल्पामा बसेर भारतबिरुद्ध सुरुङ युद्धको हुँकार दिनेहरु आज त्यै भारतले रोल्पाका गाउँहरुमा बच्चाहरु पढ्ने स्कुल बनाइरहँदा कहाँ अनि कुन सुरुङको खाल्डोबाट टुलुटुलु हेरिरहेका छन्? सोध्न अनि खोज्न मन लागेको छ।
दश बर्षसम्म तिनै रोल्पाली जनतालाई ढाल बनाएर युद्ध लडेकाहरु आज कसको ढाल बनेर देशलाई हानिरहेका छन् भन्ने कुरा घाँम जत्तिकै छर्लङ्ग हुदै गएको छैन र?
न भोक, न प्यास भनी काँधमा बन्दुक अनि कम्मरमा गोली गठ्ठा बोकेर परिवर्तनको खातिर आफ्नो ज्यानलाई हत्केलामा राखी युद्ध लडेकाहरु मध्येका केही आज अरबका अग्लाअग्ला भवनका सिसा सफा गर्दैछन् भने,कोही सुरक्षा गार्डको बर्दी लगाएर उभिएका छन्। बचेका कति नेपालमा कष्टको जीवन बाँचिरहेका छन्। युद्धको बेला जङ्गलमै जन्मिएका आफ्ना सन्तानलाई काखमा च्यापेर गाउँबाट काठमाडौ पुगि आफ्नै पार्टीको कार्यालय घेराउ गर्छन् बिचराहरु। आफ्नो समस्या समाधान गरिदिन भन्दै मलिन अनुहारमा धर्ना बस्छन्।
के यहीँ दिन देख्नको लागि भनेर प्रचन्डपथको बाटोमा आफ्नो जवानी खेर फालेका थिए, उनीहरुले? जवाफ कसले दिने हो? नयाँ बोतलमा पुरानो रक्सी हालेर जनता झुक्याउदै माओवादलाई माटोमा मिसाएर अन्ततःनयाँ शक्ति हुँदै समाजवादीमा समाहित भएका बाबुरामले? या भेज आन्दोलनले चित्त नबुझेर ननभेज आन्दोलनको उद्घोष गर्दै सडकमा ‘हामी यहाँ छौ’ भन्ने प्लेकार्ड टाँसेर बसेका प्रचण्डले? कि, क्रान्ति अझै बाँकी रहेको भन्दै पुनः जङ्गल छिरेका बिप्लबले ? कसले दिने कमरेड?
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया