चितवन–२: सर्वदलीय बैठक सुरु, रविलाई कारवाही नगरेसम्म मत गन्न नदिने काँग्रेसकाे अडान

चितवन क्षेत्र नं. २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मत गणनाको लागि सर्वदलीय बैठक सुरु भएको छ। बिहान ८ बजे बस्ने भनिएको बैठक करिब दुई घण्टा ढिलो गरी सुरु भएको छ।

आइतबार राति नै मतपेटिका संकलन गरिए पनि प्रमुख जिल्ला अधिकारी उपस्थित नभएपछि हिजो सर्वदलीय बैठक बस्न सकेको थिएन। त्यसैले बिहान ८ बजेको लागि सर्वदलीय बैठक डाकिएको थियो।

सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोले लामिछानेलाई कारवाही नगरेसम्म मतगणना सुरु गर्न नदिने काँग्रेस उम्मेदवारले अडान राखेको छन्।

यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो। यसमा ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्याङ्क रहेको छ। यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका थिए।

प्रकाशित मिति: : 2023-04-24 10:14:00

प्रतिकृया दिनुहोस्