ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
बिएल संवाददाता
रोल्पाको गंगादेव गाउँपालिकाभित्र भ्रष्टाचार मौलाएको स्थानीय राजनीतिक पार्टीका प्रतिनिधि तथा अगुवा युवाहरूले आरोप लगाएका छन्।
विशेषगरी जनप्रतिनिधिको मिलेमतोमा आर्थिक अनियमितता, उपभोक्ता समितिबाट गरिएका कामहरू अपारदर्शी, सेवा प्रवाहमा विभेदलगायतको गुनासो व्यापक रूपमा बढेको छ।
गंगादेव गाउँपालिका लुम्बिनी प्रदेशकै ‘पंगु र भ्रष्ट’ स्थानीय तह बनेको राजनीतिक दलका स्थानीय नेता–कार्यक्रताहरूले बताएका छन्। पालिका अध्यक्ष बीरबहादुर केसीलाई पार्टीगत स्वार्थपूतिका लागि व्यक्तिपिच्छे सरकारी बजेट बाँडेको आरोप छ। उनले वडा नं–३, ४ र ५ का कतिपय माओवादी कार्यकर्तालाई गाउँपालिकाबाट ठेका–पट्टा, उपभोक्ता समितिको अध्यक्ष र निजी–खानेपानी तथा कृषिका नाममा आर्थिक लाभ दिएका छन्।
गंगादेवभित्रका अधिंकाश विकासे काम अध्यक्ष केसी, उपाध्यक्ष रिता घर्तीनिकटका व्यक्तिहरूले नै ‘सेटिङ्ग’मा पाउँछन्। उनीहरूको मिलेमतोमा समर्थकलाई उपभोक्ता समितिको अध्यक्ष तथा पदाधिकारी चुन्ने गरेका छन्। कामका लागि आएको रकम कामै नगरी ठेकेदार, समितिका पदाधिकारी र पालिकाअध्यक्षको मिलेमतोमा हराइरहेको छ।
प्रदेश सरकार र स्थानीय तहबाट गाउँ–बस्तीमा परेका योजनाबारे स्थानीयहरू नै बेखबर छन्। समुदायमा छलफल गरी गठन गर्नुपर्ने उपभोक्ता समितिलाई अध्यक्ष केसीले बोलाएर कार्यकक्षबाटै छान्छन्। हालसम्म बनाइएका उपभोक्ता समितिहरू स्थानीयको सल्लाह र छलफलविनै गठन गरिएको नेकपा (एमाले) गंगादेवका उपाध्यक्ष मिश्रीप्रसाद डाँगी बताउँछन्।
स्थानीयहरूले पटकपटक जनप्रतिनिधिका अनेकौं विकृत्ति–विरूद्ध आवाज उठाएपनि सम्वन्धित निकायले सुनेपनि नसुनेझैँ गरिरहेको स्थानीय युवा तिलक केसीको गुनासो छ। जनप्रतिनिधि र उपभोक्ता समितिको मिलेमतोमा सम्पन्न गरिएका योजनाहरूको अहिलेसम्म सार्वजनिक सुनुवाई समेत गरिएको छैन। न–त सूचनापार्टी नै राखिन्छ।
गंगादेवका स्वतन्त्र युवाहरूले जनप्रतिनिधिहरूले ठाउँ–ठाउँमा गरेको अनियमितता भण्डाफोर गर्नुपर्ने अर्का स्थानीय युवा निशान क्षेत्री बताउँछन्। जनताको सेवामा खट्नुपर्ने प्रतिनिधिहरू नै भ्रष्टाचारमा डुब्नु दुःखद पक्ष भएको उनको भनाइ छ। ‘गंगादेवको बेथिति भनिसाध्य छैन। कहाँ छैन र, भ्रष्टाचार? जता हेर्यो, उतै अनियमितता छ। गतिलोगरी छानबीन गर्ने हो भने एकएकको पोल खुल्नेछ,’ क्षेत्रीले भने।
प्रधानमन्त्री रोजगार कार्यक्रममा समेत लाखौँ रकम दुरुपयोग भएको स्थानीय युवाहरूले दाबी गरेका छन्। दुई–चार दिन बेल्चा चलाएजस्ताे गरेपनि कामै नगरी डोजर लगाएर पैसा सक्काएको अध्यक्षमाथि गम्भीर आरोप छ।
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश प्रतिनिधि कुलबहादुर केसीले गंगादेव गाउँपालिका संस्थागत रूपमै जनताको चासो, गुनासो र टिप्पणीबाट टाढिएको बताएका छन्। स्थानीय तहका अधिंकाश जनप्रतिनिधिहरू विवाद र अनियमिततामा फसेको उनी दाबी गर्छन्। सल्यान–रोल्पा सीमाक्षेत्रको हाँसिकाटे–लालीगुराँस सामुदायिक वन र बाह्रजथाक सामुदायिक वन फँडानीप्रति प्रतिनिधि केसीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। यसबारे पटकपटक गाउँपालिकालाई जानकारी गराउँदा पनि जनप्रतिनिधिहरू टुलुटुल हेरेर बसेको उनको आरोप छ।
सडक, खानेपानी, विद्यालय भवनलगायत भौतिक संरचना निर्माणका क्रममा जताततै भ्रष्टाचार भइरहेको उनले संकेत गरेका छन्। ‘सुखाओडारदेखि रमाइँ जाने बाटोमा पूरै अनियमितता भएको छ। शिक्षक छनोट गर्दामा पनि राम्राभन्दा हाम्रालाई छानियो,’ उनले भने, ‘आर्थिक अनियमितता मात्रै होइन पालिकाबाट भएका अधिंकाश निर्णयहरू पनि विवादित छन्। स्थानीय तहले बनाउनुपर्ने सामान्य कानून समेत बनाउँन सकेनन्।’
त्यस्तै, ताम्राखोला–लिसारुख–नाउली–घोरनेटी–बडामेला–रमाइँ खानेपानी मर्मत योजना पालिका अध्यक्ष केसीकै मिलेमतोमा व्यापक भ्रष्टाचार भएको स्थानीयहरूको गुनासो छ।
प्रदेश सरकारबाट खानेपानी मर्मतका लागि ५१ लाख रकम बिनियोजित गरिएको थियो। तर २०–२५ लाख रकम मात्रै खर्च गरेर बाँकी पैसा झ्वाम पारी नयाँ उपभोक्ता समितिले उल्टै सात लाख ऋण देखाएको आरोप छ। स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यसबारे दुईवटा उजुरीसमेत परेकाे छ।
खाइपाइ आएको खानेपानी मर्मतका काममा झन् बिगारेको स्थानीय छत्रबहादुर डाँगी बताउँछन्। ‘खानेपानी निर्माण कार्य सम्पन्न भएको यत्रो समय भइसक्यो। तर अहिलेसम्म धारामा पानी नै झर्दैन,’ उनले भने। डेढ वर्षदेखि गाउँभर खानेपानीको चरम समस्या छ। जनप्रतिनिधिले नै उपभोक्तालाई गुमराह राखेर चुनेको उपभोक्ता समितिले खानेपानीको गतिलो मर्मत नगरेको डाँगीको गुनासो छ।
मर्मत समितिले दुईवटा ‘आरभीटी ट्याङकी’ र टुटी बिनका धारा बनाएको छ। फलामे पाइप (जीआई) लाग्ने ठाउँमा पनि पलाष्टिक पाइप प्रयोग गरेको उपभोक्ताहरूको गुनासो छ। ‘ब्रेक प्रेसर ट्याङ्याक’ राख्नुपर्ने ठाउँमा सीधै कालो पलाष्टिक पाइप राखिएको छ। स्थानीयका अनुसार पुरानो खानेपानीमा प्रयोग भएका कुनैपनि सामाग्रीको कहिकतै लेखाजोखा छैन। ती सामाग्रीको सन्दर्भमा न संस्थापक उपभोक्ता समिति नै जानकार छ, नत गाउँपालिका अध्यक्षले छानेको नयाँ समिति।
चाख्लेपातल–नाउली–ओइती मोटरबाटो स्तरउन्नतिका लागि छुट्याइएको ५१ लाखको रकम पनि अध्यक्ष केसी र उपभोक्ता समितिका पदाधिकारीको मिलिभगतमा लाखौँ रकम दुरुपयोग गरिएको स्थानीयहरूको दाबी छ। कहिकतै डोजर चलाएजस्तो गरेतापनि ५१ लाख रकम मध्ये २० लाखको पनि काम नभएकाे उनीहरू बताउँछन्। उक्त मोटरबाटो मर्मत गरेकाे बताएपनि झन् बिग्रिएको छ। योजना र उपभोक्ताको संवाद बेगर पैसा कमाउने नाममा समितिले डोजर चलाउँदा गाडी कुदाउन थप समस्या भएको उनीहरूको आरोप छ।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया