के बाेट थ्याे त्याे ?
न फूल छ
न काँडा
ठाउँ-ठाउँमा
बाङ्गिएकाे, खाेङ्ग्रिएकाे
मात्रै सयैं हाँगा।
मन-मनमा चिलाउँछ
न चल्छ हावा
चले पनि
रेसै मात्र हल्लाउँछ
यत्ति कन्याइले त
के मन मर्थ्याे ?
झन्-झन् चिलाउँछ।
उनकै दिलमा बज्रिने मन छ
टप्प टिपेर कसैले
रिसलै भए पनि
बेपत्ताले हुर्र्याइदे हुनि
निधारमै गएर
मनकै पाेकाे झुन्ड्याउने मन छ।
न भाग्य न खप्पर
तैपनि पुर्पुराे
के साह्राे जब्बर ?
दायाँ र बायाँ
चार्तिरै फर्की
अनि थ्याच्च !
दुई लठ्ठी भाची।
कालाे न कालाे
के विधि कालाे ?
न बत्ति-सत्ति
दुई लठ्ठीभित्र
साह्रै अँध्याराे।
बादल टाँगी
आकाश गड्क्याे
केही छिन नपर्खि
पानी झर्न थाल्याे
मन तात्ने झरी
तै खुशी लाग्याे।
पहाड खस्याे
शिर सब्बै ढाक्याे
त्यसकै भाेल्पल्टाे
टुसा पलायाे।