वाग्लेकाे अग्रता कायमै, बढ्न थाल्यो भट्टराईको मत

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले १० हजार मत कटाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार वाग्लेले १० हजार २ सय ५९ मत प्राप्त गरेका छन्।

कांग्रेस उम्मेदवार गोविन्द भट्टराई वाग्लेभन्दा दोब्बरभन्दा बढी मतले पछि परेका छन्। भट्टराईले जम्मा ५ हजार ०३ मत प्राप्त गरेका छन्। पछिल्लाे पटक भने अनुपातमा भट्टराईकाे मत बढ्न थालेकाे छ।

त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले मात्रै २ हजार ७ एक ९७ मत पाएका छन्।

तनहुँ– १ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2023-04-24 11:10:00

प्रतिकृया दिनुहोस्