तिहार

२५ वर्षदेखि काठमाडाैँमा ‘भाइ मसला’ बेच्दै आएका त्रिनेश्वर भन्छन्: काेराेनाकाे डर घटे पनि व्यापार बढेन [भिडियाे]

नेपालीकाे मुख्य चाड मध्येकाे एक हाे, शुभ दीपावली अर्थात् तिहार। तिहार सुरू भएसँगै गाउँ–शहरमा तिहारको रमझम बढेकाे छ। सबैका घर तथा  पसलहरुमा झिलिमिली बत्ती र रङ्गीचङ्गी फूलहरु सजिएका छन्। बजारमा तिहारका सामग्री किनबेच गर्नेहरूकाे चहपल बढेकाे छ।

काेराेना महामारी जारी रहे पनि त्यसकाे वस्ता नगरी बजारमा मानिसहरूकाे घुइँचाे लागेकाे छ। काठमाडाैँकाे यही घुइँचाेमा भाइ मसलाकाे व्यपार गरिरहेका छन्, ४१ वर्षीय त्रिनेश्वर जैसवाल।

बाराकाे सिम्रनगढ नगरपालिका स्थायी घर भएका उनले २५ वर्षदेखि काठमाडाैँमा बसेर भाइ मसलाकाे व्यपार गर्दै आएका छन्। २५ वर्षअघि राेजगारीकै क्रममा राजधानी छिरेका उनले याे काम गर्न थालेको पनि २५ वर्ष भयाे।

तिहारमा महत्वपूर्ण मानिने 'भाइ मसला' उनी आफैले बनाएर बेच्ने गरेका छन्। 'सबै सामान ल्याएर मसला बनाई होलसेल मूल्यमा नै बेच्ने गरेको छु' उनले भने।

उक्त मसालामा चकलेट, किसमिस, काजु, बदाम, ओखरका साथै अन्य चिजहरु मिसाउने गरेको उनी सुनाउछन्। उनी मसलाका साथै ओखरका प्याकेट, बदामका साथै काजु समेत बेच्ने गर्छन्। आफैले बनाएर बेचेको मसलाको मूल्य क्रमश ३५०, १२५ र २४० मा बेच्ने गरेको उनले बताए।

पहिले बेच्ने गरेको मसलाको मूल्यभन्दा अहिले बेचेको मसलाको मूल्य कम रहेको उनको भनाइ छ। उक्त व्यावसायबाट विगतमा निक्कै फाइद हुने गरे पनि कच्चा सामानकाे मूल्य बढेकाेले अहिले त्यस्ताे राम्राे आम्दानी नभएकाे उनले बताए।

'विगतका दिनहरुमा तिहार नजिकिँदै गर्दा व्यापार राम्रै हुन्थ्यो। दिनको ४० हजारसम्मको व्यापार हुन्थ्यो' उनले आफ्नो विगतलाई स्मरण गर्दै बिएल नेपाली सेवासँग भने,'तर अहिलेको अवस्थामा पहिलेझैँ समान बिक्री हुँदैन्। दिनमा मात्र ५ हजारको बिक्री हुन्छ, धेरैमा भएको मात्र १० हजार। जुन पहिलेको तुलनामा ३ गुणा कम हो।'

कोरोनाका कारण आफ्नो फस्टाएको व्यापारमा समेत असर परेको उनको दाबी छ। आफूले मसला बनाउनको लागि ल्याएको सामान खेर जाने डर भएको बताउँदै उनी भन्छन्,'समान बिक्री नभए आफूले चिनेजानेका मान्छेलाई बाड्ने छु। त्यतिकै फाल्नुभन्दा अरुलाई नै दिन्छु।' कोरोनाका कारण वर्ष दिनमा आउने चाडमा समेत राम्रो व्यापार नभएकोमा उनी दुखी छन्।

प्रकाशित मिति: : 2021-11-05 12:05:00

प्रतिकृया दिनुहोस्