नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहका थप एक जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार दाङ घर भएका ३४ वर्षीय सन्देश शर्मालाई काठमाडौंबाट पक्राउ गरेको हो। उनी एमालेनिकट विद्यार्थी नेता रहेका बुझिएकाे छ।
शरणार्थी बनाएर अमेरिका पठाउने नाममा आफूहरूलाई ठगेकाे भन्दै पीडितहरूले गत जेठ १८ मा पहिलो पटक प्रहरीमा जाहेरी दिएका थिए। साेही प्रकरणमा अनुसन्धान सुरु भएपछि उनी फरार भएका थिए।
यसअघि साेही गिरोहका केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ र सागर राईलाई पक्राउ परिसकेका छन्। उनीहरूमाथि अनुसन्धान भइरहेको छ।