नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने थप एक पक्राउ परेका छन्।
विभिन्न किसिमका प्रलोभन र विश्वासमा पारि तिनजनाकाे मिलेमताेमा ५० जना मानिसलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने थप एक जनालाई प्रहरीले बिहिबार पक्राउ गरेकाे हाे।
पीडितहरुले केशव दुलाल, सानु भण्डारी, सागर राईले भुटानी शरणार्थी बनाई अमेरिका पठाउने आश देखाई ३ करोड २४ लाख भन्दा बढी रकम ठगी गरेको किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरूकाे खाेजी कार्य गरेकाे थियाे।
पीडितहरुले दिएकाे उजुरीकाे आधारमा प्रहरीले ठगी गर्ने कार्यमा संलग्न १ जनालाई काठमाडाैँ महानगरपालिका बालकुमारीबाट पक्राउ गरिएकाे थियाे।
पक्राउ पर्नेमा मोरङ्ग जिल्ला पत्थरी सनिश्चरे न.पा. वडा नं. १० का ४४ वर्षीया सागर राई रहेका छन्।