संविधानसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका-७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो। यही फागुन ४ गते उनी उपचारार्थ अस्पतालमा भर्ना भएका थिए।
उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए।
नेकपा एस केन्द्रीय कमिटीको बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ।
पार्टी पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह-इन्चार्ज सापकोटाको निधन भएकाले बैठक शुक्रबार बस्ने गरी स्थगित गरिएको छ।