सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउँदै, बालुवाटारमा बैठक जारी

सरकारले आज (बिहीबार) न्यूनतम साझा कार्यक्रम ल्याउँदै छ।

जसका लागि अहिले बालुवाटरमा सत्ता गठबन्धनको बैठक जारी छ। 

बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रम के हुने? कस्ता कार्यक्रम ल्याउने र मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गर्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ। न्यूनतम साझा कार्यक्रम बिहीबार साँझ सार्वजनिक गरिनेछ। 

यसअघि सत्ता साझेदार दलका नेताहरु सम्मिलित कार्यदललाई न्युनतम साझा कार्यक्रम तयार पार्न जिम्मेवारी दिइएको थियो। कार्यदलमा नेपाली कांग्रेसका नेता रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका विजय पौडेल लगायत सदस्य छन्।

प्रकाशित मिति: : 2023-04-06 10:31:00

प्रतिकृया दिनुहोस्