
बिएल संवाददाता
यू– १९ एसिया कपअन्तर्गतको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। शुक्रबार युएईस्थित आइसिसी एकेडेमी ओभल– २ मा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो।
नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो।
पाकिस्तानको लागि अजान अवाइस र साद बाइगले अर्धशतक प्रहार गरे। अवाइसले ६२ बलमा ५६ तथा बाइगले ५६ बलमा ५० रन बनाए।
नेपालका गुल्सन झाले २ तथा आकाश त्रिपाठीले १ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल ४७.२ ओभरमा अलआउट हुँदै १५२ रनमा समेटिएको थियो।
नेपालका उत्तम मगरले ५१, दीपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाए। नेपालका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया