बिएल संवाददाता
यू– १९ एसिया कपअन्तर्गतको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। शुक्रबार युएईस्थित आइसिसी एकेडेमी ओभल– २ मा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो।
नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो।
पाकिस्तानको लागि अजान अवाइस र साद बाइगले अर्धशतक प्रहार गरे। अवाइसले ६८ बलमा ५५ तथा बाइगले ५६ बलमा ५० रन बनाए।
नेपालका गुल्सन झाले २ तथा आकाश त्रिपाठीले १ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल ४७.२ ओभरमा अलआउट हुँदै १५२ रनमा समेटिएको थियो।
नेपालका उत्तम मगरले ५१, दीपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाए। नेपालका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया