संसद बैठक स्थगित, अर्को बैठक चैत ५ गते बस्ने

File Photo
File Photo

आज (बुधबार) दिउँसो १ बजे बस्न लागेको संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै विशेष कारणले गर्दा आज बस्ने भनिएको बैठक स्थगित भएको जानकारी दिएका छन्।

अर्को बैठक चेत ५ गते दिउँसो १ बजे बस्नेछ। फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेकाले निर्वाचनको तयारीस्वरुप बैठक स्थगित भएको बताइएको छ।

प्रकाशित मिति: : 2023-03-01 11:58:00

प्रतिकृया दिनुहोस्