यात्रा कसका लागि खुशीकाे विषय हाेइन र कमैलाई हाेला यात्राले खुश नदिने। तपाईं सम्झनुस त सानाे हुँदा बस यात्रा गर्ने भन्दा कति खुशी हुनुहुन्थ्याे। ती दिन सम्झँदा आज पनि क्या आनन्द आउँछ! यात्रा भनेपछि, त्यसमा पनि बस यात्रा भनेपछि सानाे हुँदा जसरी मन चङ्गा हुन्थ्याे, के आज पनि त्यसैगरी मन चञ्चल हुन्छ त? यात्रा गर्न मन पराउने म जस्तैका लागि यात्राले पक्कै पनि आनन्दअनूभुत गराउँछ।
यहाँ चर्चा गराैँ दसैं, बाटाे र बस यात्रा। माथि केही भनिसकें यात्रा भनेपछि मेरा लागि सुखाअनुभूत हाे। त्यसमा पनि दसैंले यात्रामा त राैनक थपिदिन्छ। दसैंमा यात्रा भनेकाे कि घुम्न, कि कर्मथलाेदेखि जन्मथलाे पुग्न त हाे। बाध्यताका यात्रा त सधैं नै उस्तै हुने भए। कर्मथलाेदेखि जन्मथलाे पुग्न मलाई यात्रा गर्नु थियाे। यात्रा त गर्नु थियाे तर बस यात्रा भनेपछि यस वर्ष दसैंकाे उत्साहसँगै त्रास पनि भित्रिएकाे थियाे।
त्रास भित्रिए पनि फेरि घर त पुग्नु थियाे, जसरी दसैंमा बर्सेनी १०-१५ लाखले काठमाडाैँ उपत्यका छाडेर थातथलाे पुग्छन्। थातथलाे पुग्न मैले पनि काठमाडाैँ उपत्यका छाड्नु थियाे। २२ गतेका दिन २३ गते साँझ ७ बजेलाई टिकट मिल्याे-दाङ पुग्नलाई। ७ बज्याे। काठमाडाैँकाे गाेङ्गबुस्थित नयाँ बसपार्क बसहरूकाे हर्न र घर पुग्न हतारमा रहेका मानिसहरूकाे भीडले काेलाहलमा मस्त छ। काेलाहलकाे मतियारमा म पनि छु। हर्न बजाउँदै म चढेकाे बस उत्तर पश्चिम लाग्याे। माछापाेखरी, स्वयम्भूकाे दूरी नाप्दै बस कलंकी पुग्याे। बसले जति पश्चिमकाे दूरी लम्ब्याउँदै गर्छ, खुशी कम हुँदै गर्छ।
थानकाेट पुगियाे। खुशीका चाल कम हुँदै गयाे। किनकि थानकाेटदेखि पश्चिम मेरा लागि थप खुश कम बनाउने भयङ्कर दुखदिला घटनाहरू छन्। जुन तपाईंका लागि पनि हाेला। थानकाेटदेखि निकै छाेटाे दूरीमा छ झ्याप्ले खाेला। याे धादिङकाे धुनिबेशी नगरपालिका- ९ मा पर्छ। जहाँ यही असाेज ११ र १२ गते भएकाे अविरल वर्षापछि आएकाे पहिराेमा परी ३५ जनाकाे ज्यान गुमेकाे थियाे। जहाँ काठमाडाैँ जाँदै गरेका ३ बस पुरिएका थिए।
जुन घटनाले देशलाई नै स्तब्ध बनायाे। याे घटना नहुनुपर्नेमा देशकाे प्रशासनकाे कमजाेरीले गर्दा भएकाे थियाे। ११ र १२ गते रातिमा बस नचलाउने भनिएकाे भए पनि यहाँ रातमा बस पुरिएपछि देशकाे प्रशासन सम्यन्त्र कति बेप्रवाहकाे छ भन्ने थप पुष्टि भएकाे थियाे। सञ्चारकर्ममा भएकाले यस घटनालाई नजिकबाट मैले पनि हेरें। जहाँकाे दर्दनाकताले मनलाई खुशबाट दूर बनाइदिन्छ।
बस थानकाेटकाे ओरालाेमा कुद्याे। के कुद्न सक्थ्याे र! घर्सियाे। थानकाेटकाे ओरालाेमा बाटाेकाे बिजाेग नै छ। बिजाेग बाटाेमा बस घर्सिने नै त हाे। झ्याप्ले खाेला यही थानकाेट ओरालाेमा पर्छ। नाकढुङ्गा सुरूङमार्ग नजिकै रहेकाे झ्याप्ले खाेला आसपासमा कतिपय ठाउँमा बसलाई घर्सन पनि सहज छैन। वर्षाकाे भेलले बाटाे चिरेकाे छ। पहिराेले बाटाे बिगारेकाे छ। मर्मत नहुँदा बाटाेमा खाल्डाखुल्डीकाे बथान नै छ।
नागढुङ्गाकाे ओरालाे कटेपछि त्रिशुलीकाे किनारै-किनार अघि बढ्नुछ। यहाँ पनि बाटाे सहज छैन। पूर्व-पश्चिम राजमार्गमा हुने दुर्घटना मध्ये निकै हुने दुर्घटना यही त्रिशुलीकाे किनारमा त हाे। जहाँ एमाले नेता मदन भण्डारीलगायत हराएकाे बाटाे पाे हाे याे। २०५० साल जेठ ३ गते चितवनकाे दासढुङ्गामा उनी चढेकाे कार त्रिशुलीमा खेसपछि बेपत्ता भएकाे ३ दिनपछि मात्र भण्डारीकाे शव नदी किनारमा भेटिएकाे थियाे।
उनकाे शव त भेटिएकाे थियाे। तर, यही असार २८ गते चितवनकाे सिमलतालमा पहिराेमा बगिगएका दुई बस भने आजसम्म भेटिएकाे छैन। दुई बसका ६२ जना यात्रु हराएकाेमा २५ जनाको शव फेला परेको भए पनि अझै ३७ जनाको अवस्था अज्ञात छ। उर्लिएकाे त्रिशुलीकाे कालाे भेलमा उनीहरू लापत्ता भएपछि अब त आफन्तकाे पनि काेही भेटिने आशा कम भइसक्याे हाेला!
त्रासदिपूर्ण यी सम्झनाहरू मनभरि छन्। अब त वर्षा सकिएकाले पनि यस्ता ठुला पहिराेका जाेखिम कम हुने भएन तर सुख्खा पहिराेकाे जाेखिम भने रहने भयाे। वर्षा भर्खरै सकिएकाले सडकमा हुने सवारी जामले यात्रालाई थप नरमाइलाे बनाउने साेचमा अघि बढियाे। चितवन सकिएपछि दाउन्नेकाे सडक अझ सकशपूर्ण छ। यस सडक बनाउन थालिएकाे लामाे समय भए पनि समयमै काम नहुँदा पूर्व-पश्चिम यात्रा गर्ने लाखाैँ नागरिकले यहाँ कष्ट भाेग्दै यात्रा गर्न बाध्य छन्।
बुटवलसम्म यस्तै सकशपूर्ण यात्रापछि भने पश्चिमतिर केही सहज बाटाे छ। बिचबिचमा बाटाेहरू बिग्रिएकाे छ। तर पनि त्यति कठिनपूर्ण यात्रा छैन। दाङ पुग्दासम्म त्रासदिपूर्ण यात्रा भए पनि यात्रा ठिकै रहन गयाे। सामान्यतया काठमाडाैँबाट १२ घण्टाकाे यात्रा हाे दाङसम्म। तर, पनि १७-१८ घण्टामा मात्र दाङ पुगियाे।
दाङ त पुगियाे तर बाटाेकाे कथा अझै बाँकी छ...
दाङकाे घाेराहीसम्म बाटाे ठिकै रहेपनि त्यसपछि तुलसीपुरका लागि भने बाटाेमा अर्काे सकशता निम्तन्छ। एक दशकदेखि बन्न नसकेकाे घाेराही-तुलसीपुर सडकमा टालाटुली गरेर केही सहज बनाउन काेशिस गरिएकाे छ। याे सडक अब बन्छ कि भन्ने आशमा दङ्गालीकाे पनि आशा कम भइसक्याे कि सायद! यहाँ (दाङ २)बाट निर्वाचित सांसद रेखा शर्मा हुन्। एमाले महासचिव शंकर पाेखरेल पनि यसै निर्वाचन क्षेत्रका पर्छन्। देशका यी उच्च पदस्थ नेता पाएकाे दाङ २ अर्थात् घाेराही-तुलसीपुर सडक भने धरापमार्ग बनेकाे वर्षाैँ भइसक्याे।
घाेराही-तुलसीपुर मात्र हाेइन। तुलसीपुरदेखि पश्चिम सुर्खेत पुग्ने (जुन माथिल्लाे सडक पनि भनिन्छ) सडककाे अवस्था त अझ बिजाेग छ। जुन सडक दाङ क्षेत्र नम्बर ३ का माननीय दीपक गिरी र प्रदेश ३ (ख)का माननीय धनबहादुर मास्कीलाई गिज्याउने भन्दा पनि तल्ला अवस्थामा पुगेकाे छ। यस बाटाेमा हिँड्दा गाली नगर्ने यात्रु काे हाेला र! सायद गाली लाग्ने भए उहाँहरूकाे अहिले के हालत हुन्थ्याे हाेला!
गाउँभित्रका सडक मर्मतमा पनि स्थानीय तहकाे बेपर्वाहले दह नाघेकाे छ।