मोरङमा सात वर्षीया बालिकालाई बाल यौन दुरूपयोग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
बालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा लेटाङ नगरपालिका–२ बुधबारे बस्ने २१ वर्षीय बिशाल रम्तेललाई प्रहरीले पक्राउ गरेको हो।
मंगलबार प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरीले बिशाल राईलाई बुधबारेको एक मदिरा पसलबाट पक्राउ गरेको जनाएको छ। उनले बालिकालाई मादक पदार्थ सेवन गरी मदिरा पसलमा बाल यौन दुरुपयोग गरेको प्रहरीले बताएका छन्।
घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।