
न्यायका निरीह सात वर्ष
बिएल संवाददाता
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र जापानी प्रधानमन्त्री योशीहिदा सुगाले क्षेत्रीय तथा विश्वव्यापी चुनौतीहरूको सामना गर्न दुई देशको गठबन्धनलाई अझ सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीय समय अनुसार शुक्रबार अपरान्ह् बैठकपछि उनीहरुले संयुक्त प्रेस सम्मेलन गरी उक्त कुराको जानकारी गराएका हुन्।
सम्मेलनमा अमेरिकी राष्ट्रपति जाे बाइडेनले दुबै पक्षले अमेरिका–जापान गठबन्धन, महामारी, नयाँ प्रविधि, जलवायु परिवर्तन र जनताबीच सहकार्यको लागि सहयोग पुर्याउन सहमति गर्नुभएको पुष्टि गरेका थिए।
बाइडेनले चीन र उत्तर कोरियाको ‘चुनौतीहरू’को सामना गर्न दुबै पक्षले मिलेर काम गर्ने पनि बताएका छन्। यसैबीच जापानी प्रधानमन्त्री सुगाले आफू र बाइडेनले ‘प्रशान्त महासागर क्षेत्र र विश्वको समृद्धिमा चीनको प्रभाव’ बारे छलफल गरेको र दुबै मुलुकले ‘चीनसँग खुलारूपमा कुराकानी गर्ने आवश्यकतामा सहमत भएको’ बताए।”
ह्वाइट हाउसले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार दुबै सहयोगीहरूले कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने बिषयमा पनि प्रतिबद्धता जनाएका छन्।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लिचियानले विज्ञप्तिबारे चिनियाँ प्रतिक्रिया दिँदै जापान र संयुक्त राज्यले चीनको चिन्ता र मागलाई गम्भीरताका साथ लिनुपर्ने जिकिर गरेका छन्।
उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र चीनको हितलाई हानि पुर्याउने कदम नचाल्न चीनलाई लक्षित गरी समूह गठन नगर्न आग्रह गरेका छन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया