१३ अंकले घट्याे सेयर, नेप्से १९ सय नजिक

साताकाे दाेस्राे काराेबार दिन सोमबार सेयर बजार १३.५९ अंकले घट्दा ८३ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै, आज बजार घटेर १९०७ को विन्दुमा राेकिएकाे छ।

कारोबारमा आएका अधिकांश उपसूचक घट्दा म्युचुअल फन्ड खरिदकर्ताको चाप बढ्दा उपसमूह सामान्य बढेको छ। बाँकी १२ वटै उपसमूह घटेका छन्।

एनआरआइसी र एनटीसी दुवैको सेयर मूल्य घट्दा अन्य उपसमूह १.७० प्रतिशत घट्यो। यस्तै, हाइड्रो र फाइनान्सका सेयरका पनि बिक्री चाप बाक्लो रह्याे।

प्रतिनिधि उपसमूह १.४३ प्रतिशत घट्दा समेत युनाइटेड, मर्दी आरबीको सेयर ४.१७ प्रतिशत बढ्यो। यस्तै, बोटलर्स नेपाल तराईको सेयर पनि २ प्रतिशत उक्लिएको छ । कारोबारमा आएकामध्ये १४९ स्टकको सेयर घटेको छ। जम्मा २८ वटाको मूल्य बढेको छ।

बजार घट्दा कारोबारको आकर्षण नबिल बैंककाे सेयरमा देखिएकाे छ। बैंकको आज चार करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भयो। तर, सेयर मूल्य भने चार रुपैयाँ घटेको छ। रिडि र हिमालयन डिष्टिलरीको सेयर पनि सर्वाधिक खरिद बिक्री भएको छ।

प्रकाशित मिति: : 2022-09-12 16:14:00

प्रतिकृया दिनुहोस्