‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु’ भन्ने बिचौलिया गिरोहबाट ‘मोटो रकम’ लिएको एउटा ‘अडियो क्लिप’ बाहिरिएपछि कांग्रेस नेत्री आरजु राणा र मञ्जु खाँणलाई प्रहरीले पछ्याइरहेको छ।
प्रहरी स्रोतकाअनुसार सांसदद्वय राणा र खाँणले ‘ठग’हरूबाट घुस ‘लिए–नलिएको’बारे थप अनुसन्धान भइरहेको छ। काठमाडौँ प्रहरी परिसरको निगरानीमा रहेकी सांसद मञ्जु खाँणका श्रीमान तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएपछि कांग्रेस–पंक्ति त्रसित छ।
स्रोतकाअनुसार कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई समेत प्रहरीले पछ्याइरहेको छ। प्रहरी अनुसन्धानका क्रममा बिचौलिया र ठगहरूलाई सघाएको प्रमाण फेला परे आरजु र मञ्जुलाई पक्राउ गर्न सकिने बताइएको छ।
प्रधानमन्त्रीनिकट स्रोतकाअनुसारसांसद आरजुले मंगलबार बेलुकीदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खोजिरहेकी छिन्। तर प्रचण्डले ‘प्रहरीले निगरानीमा बढाएको व्यक्तिसँग नभेट्ने’ भन्दै पन्छ्याइरहेका छन्।
पूर्वगृहमन्त्री खाँण पक्राउ परेपछि मञ्जु र आरजु माेबाइल 'स्विच अफ' गरेर सम्पर्कविहीन छन्। उनीहरू प्रतिनिधिसभा बैठकमा समेत नगएकाे प्रहरी स्राेतकाे भनाइ छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया