कांग्रेसका युवा नेता बिष्टद्वारा पाठेघरसम्बन्धी समस्याले पीडित राईलाई आर्थिक सहयोग

File photo
File photo

शल्यक्रियापछि पाठेघरसम्बन्धी समस्याले पीडित बनेकी खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेकी चन्द्रकुमारी राईलाई आर्थिक सहयोग जुटेको छ। करिब १८ वर्षअघि बच्चा जन्माउनका लागि शल्यक्रिया गरेको केही समयपछि पेटमा मासुको डल्लो निस्किएकाे थियाे।

राईलाई कांग्रेसका युवा नेता बाजिन्द्र बिष्टको पहलमा ३७ हजार १६५ रुपैयाँ सहयोग जुटेको हो। स्वदेश तथा विदेशमा रहेका १९ जना शुभेच्छुक तथा सहयोगीबाट जुटेको रकम शनिबार विष्टले समाजसेवी सरिता राई र कांग्रेसका जन्तेढुंगा गाउँपालिका सचिव शम्भु राईको उपस्थितिमा चन्द्रकुमारलाई हस्तान्तरण गरेका छन्। 

शल्यक्रियाको असरले पेटमा झुण्डिएको मासुकाे डल्लाे दुख्न थालेपछि चन्द्रकुमारीलाई छरछिमेक तथा आफन्तको सहयोगमा कीर्तिपुर अस्पताल लगेका थिए। आफन्तकै सहयोगमा अप्रेसन गरिएकाे छ।

Avatar

प्रकाशित मिति: : 2022-08-21 15:11:00

प्रतिकृया दिनुहोस्