एनआरएनए मलेसियाद्वारा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पनन्

गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले यहाँ भइरहेका विविध समस्या तथा समसामायीक विषयमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ।

एनआरएनए एनसिसि मलेसियाको कार्यालय, कोतरायमा भएको कार्यक्रममा मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत मोतिबहादुर श्रीष, दूतावासका अधिकारी, मलेसियामा रहेका विभिन्न संघ संस्थाका पदाधिकारी, नेपालबाट आएका पत्रकार तथा मलेसियामा रहेका विविध संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियाे।

कार्यक्रम सफलतापूर्वक संपन्न भएको एनआरएनए एनसिसि मलेसियाका उपाध्यक्ष हेमराज सापकोटाले बताए। उनकाअनुसार मलेसियाको रोजगारी, संभावना र चुनौती विषयक अन्तरक्रिया भएकाे हाे।

पछिल्लो समयमा मलेसियामा नेपालीहरुका समस्या तथा समसामायीक विषयमा छलफल गर्न आवश्यक रहेको भन्दै उक्त कार्यक्रमको गरिएको एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाले बताए। थापाले कार्यक्रममा मलेसियामा कोही नेपालीलाई कुनै समस्या परेमा एनआरएनए मलेसियालाई सम्झन आग्रह गरे।

कार्यक्रममा कार्यबहाक राजदूत मोतिबहादुर श्रीषले मलेसिया सरकार र नेपाल सरकारबीच फ्रि भिषा फ्रि टिकटमा कामदार ल्याउने सहमति भएको भन्दै मलेसिया आउने कामदारलाई रकम नतिर्न आग्रह गरे। राेजगारीमा आउँदा आत्तिएर रकम नतिर्न समेत उनले आग्रह गरे।

त्यसैगरी उनले म्यानपावर कम्पनीहरु बिचको अस्वस्थ प्रतिस्पर्धाका कारण कामदार मारमा परेको पनि बताए।

'दुई देशबीच शून्य लागतमा कामदार ल्याउने सहमति भएको छ तर यहाँ म्यानपारहरुका कारण त्यो कार्यान्वन हुन सकेको छैन। हामीको डिमाण्ड प्रमाणीकरण गर्न आउँदा जिरो कस्ट भनिसन्छ बाहिर गएर कामदारको ढाड सेक्ने काम भइहाल्ने रहिछ, यो कार्य बन्द नभएमा भोलिका दिनमा झनै समस्या आउन सक्छ,' राजदूत श्रीषले भने।

त्यसैगरी कार्यक्रममा गैरआवासीय संगठनका सचिव खगेन्द्र न्यौपालेले पनि दुई सरकारबीच भएका सझौता कार्यान्यवनमा व्यवसायीले सहयोग गर्नु पर्ने बताए।

'सुरुवात आफैंबाट गर्नुपर्छ। जिरो कस्टमा म्यानपावरलाई यहाँ ल्याउने भनिए पनि केही व्यावसायीका कारण त्यो कुरा कार्यान्वयनमा आउन सकेको छैन। हामी सबै मिलेर यसका कार्यान्वयनमा ल्याउनु पर्छ,' उनले भने।

त्यसैगरी कार्याक्रममा एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाले मलेसियामा भएका समस्या समाधानका लागि एनआरएनए मलेसिया लागिपरेको बताए। कार्याक्रममा बोल्दै थापाले भने,'मेलेसियामा रोजगारका धेरै अवसर पनि छन चुनौती पनिछन्, त्यसलाई हामी सबै मिलेर अघि बढ्नुपर्छ।'

प्रकाशित मिति: : 2022-07-09 20:51:00

प्रतिकृया दिनुहोस्