'पानी बन्द' सामाजिक बहिस्कार हाे। सामाजिक नियम वा व्यावहारिक निमयहरूलाई उल्लङ्घन गरेबापत दिइने सजाय या पञ्चायती न्याय भनेर बुझ्छौं (म्यान्मार)।
'पानी बन्द' भएकाे घरमा काेही नजाने, मठ–मन्दिर, स्कूल, धर्मशालालगायत जान निषेध गर्ने। आवश्यक सामग्रीहरू किनबेच नगरिदिने। काेही पनि नबाेल्ने। जाे बोल्छ उसलाई 'पानी बन्द' गरिदिने आदि आदि...।
सामाजिक बहिस्कारले मान्छेले मान्छेलाई मान्छेसरह व्यवहार नगरेझैं महसुस हुन्छ। मानिसमा रहने मानवता नै हराएझैँ लाग्छ, क्रूरता बाहेक केहीँ हुँदैन त्यहाँ। कुनैताकाका मानिसमा मानवता हराएकाे पक्कै थियाे। 'आफू नमरी स्वर्ग देखिन्न' भनेझैं आफूमा आई नपरेसम्म व्यथा बुझिन्नँ।
'मैले छाेएकाे पानी चल्दैन' –लाग्छ याे गीत मात्र नभएर मानिकै करूणामय हृदयस्पन्दन हाे। आफूहरू हुनुकाे कुनै वजूद नै नराखी उपेक्षा गर्नुलाई नै पानी बन्द गर्नु अथवा 'पानी बन्द' भनिन्छ।
पछिल्ला दशकमा 'पानी बन्द' जस्ता अमानबीय कार्य पूर्वी एसियाली समाजमा सुधारतर्फ छ। यहाँका नयाँ पुस्ताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे पाइन्छ। कुनै समयमा मानिसहरूलाई आफ्नाे ज्यानभन्दा इज्जत प्याराे लाग्थ्यो। कसैले पनि सामाजिक नियमहरूलाई उल्लङ्घन गर्ने सहास गर्दैन्थें। केहीकथम् आफूबाट नियम उल्लङ्घन भएमा गाउँ नै छाडेर जान बाध्य हुने गर्थ्याे। भनाैँ– प्राण गुमाउन पनि पछि पर्दैन्थें।
मानिस जति–जति शिक्षित हुँदै जान्छ समाज पनि त्यति नै प्रगतिमय हुँदै जान्छ। मानिस गाउँ–टाेलहरूबाट जति सहरीया हुँदै गए, त्यत्ति नै दुनियाँका अनेक रङ्ग काडाले पनि छाेएकाे हुन्छ। 'फूलकाे आँखामा फूलै संसार काडाकाे आँखामा काडै संसार' भनेझैं मान्नेहरूले समाज सुधारकाे फूल देखे भने कसैले समाजमा दरार ल्याउने काडा पनि देखे। पानीबन्द मानिसहरूमा विस्तारै हराउदै गए तापनि यसले गर्दा हाम्रो समाजले नयाँ विडम्बनासँग सामना गर्नुपर्यो।
'पानी बन्द'काे असरले मानिसहरू धर्म परिवर्तन केन्द्रीत भए। 'पञ्चायतीका कारण घरमा पानीबन्द गरेकाले पण्डित नआए के भाे, त? घरमा पादरी बाेलाएर शुद्धीकरण गर्छु,' मानिसमा हाे यस्तै–यस्तै मानिसकता हाबी हुँदै गयाे। कसैले पादरी बोलाएर शौच-अशौच कार्य गर्न थाले। कसैले भन्ते-भिक्षुक बाेलाएर आ-आफ्नाे आवश्यकतालाई पूर्ति गर्दै गए। धर्म परिवर्तनकाे नयाँ मार्गद्वारा आइपरेका कार्यहरूलाई परिपूर्ति गर्दै धार्मिक सहिष्णुताकाे अभावमा मानिसमाझकाे एकता अनेकतामा परिणत हुँदै गयाे।
सामाजिक बहिस्कार श्राप अथवा खण्डताकाे कारण बन्दै गएकाे हामीले बच्चैदेखि पढ्दै/सुन्दै आएकाे कुरा हाे। तापनि युवाहरूमा युगकाे शक्ति हुन्छ। समयअनुरूप मानिसले परिवर्तन ल्याएकै हुन्छ। 'पानी बन्द' हामीले जे सुन्याैं, साच्चै क्रूरता नै लाग्थ्याें।
आजका युवा धार्मिक सहिष्णुतासँगै नैतिकताकाे साथमा व्यावहारिक समाजलाई वर्णभेद र जातिभेदकाे कुनै सीमाभित्र बस्न चाहन्न। एकताबद्ध भएर विभेदविरूद्ध खडा हुन्छन्।
'फुटेकाे ऐनालाई जति जाेडे पनि दरार मेटिदैन' त्यसैले अपवाद बाहेक पछिल्लाे समाजमा प्रायः मानिस व्यावहारिक मेलमिलाप केन्द्रीत छन्। 'पानी बन्द' जस्ता कार्यहरूलाई, रूढीवादी मनवता नै नभएकाे हाे कि जस्ताे महसुस गरिन्छ। तर, विस्तारै पन्छाउँदै आएका पनि छाैं। 'पानी बन्द' जस्ताे सामाजिक बहिस्कार हटाउनु नै शिक्षित समाजकाे चिनारी हाे।
क्रूर जुन्ता समर्थकलाई 'पानी बन्द'
तर, सन् २०२१ फेब्रअरी १ तारिखकाे एकाविहानै म्यान्मारमा माेबाईल नेटवर्क, टेलिभिजनका च्यानल, ईन्टनेट आदि–आदि एक्कासी बन्द गरियाे।
सैन्य सत्तनले राष्ट्रपति-राष्ट्रमाता आङ सान सुकीलगायत प्रजातन्त्रवादी नेतालाई राजबन्दी बनाइ आधिपत्य जमायाे र त्यसकाे ७२ घण्टासम्म हामीहरू माैन रह्याैं।
लगतै, प्रजातन्त्र पुनःस्थापना र स्वतन्त्रताकाे लागि डटेर लड्न युद्भ मैदानमा उत्रेका हामीहरू चरमबद्भ रूपमा दिनहुँ प्रदर्शनमा सक्रियताका साथ जुट्याैं। सडक प्रदर्शनदेखि घर–घरमा ढाेल-ढ्याङ्ग्राे ठटाएर प्रदर्शन गर्ने क्रम देशभर तीब्र ढंगले फैलियाे, र आन्दोलन आज पनि उस्तै छ, जारी छ।
गत फेब्रअरी २२ मा देशव्यापी विरोध प्रदर्शनमा ठूला-साना सबै सडकमा आइपुगे। क्रूर जुन्ता सरकारलाई असह्य भयो र भीड हटाउनका लागि गाेलीकाे सहारा लियो। जसमा १९ वर्षीया बर्मेली चेली 'मा त्वेत्वेखाई' शहीद हुन पुगिन्। उनी यो जनआन्दोलनको पहिलाे शहीद हुन्।
स्वास्थ्यकर्मी, शिक्षक, ईन्जिनीयरले मात्र नभइ अन्य सबै सरकारी कर्मचारीले विराेध प्रदर्शन गर्ने थाले। युवा–विद्यार्थी हुँदै देशव्यापी विराेध प्रदर्शन हुँदै गयाे।
जति–जति सहिद हुँदै छन् उति–उति नै सरकारले जनसमुन्द्रकाे सामना गर्नुपरेकाे छ। यहीँ जनसमुन्द्रलाई खण्डन गर्दै दिनहुँ गाेली, बारूद, बम चलाएर सेनाले निर्दोष जनताको हत्या गरिरहेकाे छ। जुलुसमा जाने डाक्टर, नर्स, शिक्षक समेत जुन्ता सरकारकाे ताराे बनेका छन्। तरपनि जनताकै पक्षमा छन्।
जुन्ताले गाउँ-टाेलमा जनताद्धारा चुनिएका जनप्रतिनिधिहरूलाई पदबाट हटाएकाे छ। आफू अनुकुल खटाएका जिल्ला-अध्यक्ष, टाेल-अध्यक्षका रूपमा आएका सरकारी प्रतिनिधि दैनिकजसाे बहिस्कारमा छन्। जनताले उनीहरूलाई सामाजिक दण्ड अर्थात् मेराे भाषामा 'पानी बन्द' गरिदिने निर्णय गरे।
जनता प्रजातन्त्रविराेधी कर्मचारी हेर्न समेत चाहदैन्न। बर्मेलीहरू पसलमा उनीहरूलाई सामान बेच्दैनन्र। मानाैं उनीहरू देख्याे कि बजार नै बन्द हुन्छ। नयाँ–नयाँ ठाउँमा पुग्दा समेत पछि–पछि लागेर युवाहरूले 'यिनीहरू त सरकारी व्यक्ति हुन्' भनिदिने गर्छन्र। 'नागरिक अवज्ञा आन्दोलनमा भाग नलिने कर्मचारीलाई बर्मेली व्यापारीहरू कुनैपनि सामान बेच्दैनाैँ'
पसलैपिच्छे जुन्ता सहयाेगी कर्माचारी बहिस्कार गर्ने स्टिकर टाँसिएका छन्। सरकारी कर्मचारी चिनेपछि केही नबेच्ने/ काेहीँ नबाेल्ने गरेका छाैं। उनीहरूलाई कुनै वास्ता नगर्दा गाउँ–गाउँ बस्न संभव सहज छैन। आतिएर आफ्नै ठाउँ जान बाध्य छन्र, प्रजातन्त्रविराेधीहरू।
पानी बन्दको सामाजिक दण्ड सहनुभन्दा आफ्नै ठाउँ जान बाध्यछन्– सरकारी कर्मचारी। मानिसलाई न–त यातना दिनुपर्याे, न–त आफूले पनि वेदना खप्नुपर्याे। बस् यति मात्र कि उपेक्षा गरिदिनुपर्याे। उनीहरूमा सानो उपेक्षाले गलत भएकाे महसुस भइदिए पुग्याे। मनाेवैज्ञानिक हिसाबले सरकारी कर्मचारी गल्ती भएकाे आफैँ प्रतीत हुन्छ। गलत बाटाे हिँड्नुले दिनहुँ महसुस हाेस्– सामाजिक बहिस्कार।
सैन्य क्रूरतामा पलपल थेचिएका हामीहरू त छदैछाैं। तर, उनीहरूमा थप पीडा महसुस हाेस् 'सामाजिक दण्ड'काे– ताकि जहाँपनि लखेटिनुपरेकाे। आफू मात्र हैन। गलत कदमले सिङ्गाे परिवार नै क्षणक्षण मर्न बाध्य हाेस्ः प्रजातन्त्रकाे विराेधी बन्दा भाेग्नुपरेकाे– 'पानी बन्द'ले।
सामाजिक अपराधीलाई शारीरिक यातना दिदाँ हप्ता वा महिनासम्म मात्रै पीडा सहन्छ। दण्ड दिने पनि उत्तिकै थकित हुन्छ। तर, पानी बन्द गरिदिए सजाय पाउनेले मात्र पल–पल मर्नुपरेकाे आभास पाउँदाे रहेछ।
'सामाजिक दण्ड' अथवा 'पानी बन्द' हिजाे ठीक थिएन। त्यसकाे जतिनै विराेध गरेपनि कमै हुन्छ। तर, बर्माकाे स्वतन्त्रता खाेस्न तम्सिएका क्रूर साशक लक्षित याे अभियान भने युगानुकूल नै छ।