राेल्पाकाे गंगादेव गाउँपालिकाका इन्जिनियर नविन डाँगी घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्ज कार्यालयबाट खटिएको टोलीले इन्जिनियर डाँगीलाई ५० हजार घुस रकम लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो।
मोटरबाटो निर्माण योजनाको नापी किताब तथा बिल तयार पारेर घुस मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन्।
सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको बुटवलस्थित सम्पर्क कार्यालय र नेपालगन्जबाट खटिएको टोलीले इन्जिनियर डाँगीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ।
घुस लिएकै हुन त यदि लिएका हुन भने दिने मान्छे को हुन कति नम्बर वडा को हो मोटर बाटो को योजना को समिति का मान्छेले पनि के कति कारणले दिएका हुन कागजात मिलाए बापत लिएका हुनकी उपभोक्ताले योजनाको काम नै पूरा नगरी पूरा गरेको भन्ने बनाइदिनलाइ दिएका हुन क्वान्टिटि नपुर्याउने हरुले क्वानटिटि पुर्याउन दिएका होलान पूरा सबै छानबिन भएको सन्नपाउ है के हो दिनेसहित खुलाइयोस ?