चुनाव हारेपछि पनि माओवादी नेताले छाडेनन् सरकारी निवास

Breaknlinks
Breaknlinks

रोल्पाको गंगादेव गाउँपालिकाका निवर्तमान अध्यक्ष बीरबहादुर खत्रीले स्थानीय तहकाे निर्वाचन हारेपछि पनि सरकारी निवास छोडेका छैनन। हप्ता दिनअघि सम्पन्न कार्यपालिकाको बैठकमा निवर्तमान अध्यक्षले सरकारी निवास नछोडेको विषय व्यापक रूपमा चर्चा भएको एक कार्यपालिका सदस्यले बताएका छन्। 

गाउँपालिका अध्यक्ष पदकाे राजीनामासँगै सबै सरकारी सेवा फिर्ता गर्नुपर्ने भएता पनि उनले त्यसो नगरेको पाइएको छ। स्रोतका अनुसार खत्रीले त्यो निवास कुनैपनि हालतमा नछोड्ने बताउँदैआएका छन्। 

स्थानीय तहले भाडामा लिएको भवनकाे असार मसान्तसम्म करार सम्झौता बमोजिम भाडा तिरेर सम्झौता रद्द गर्ने तयारीमा गाउँपालिका रहेको खत्रीनिकट एक कर्मचारी बताउँछन्। पद मुक्त भइसकेका पूर्वप्रमुखले प्रयोग गरिरहेका सुविधा फिर्ता लिने र सरकारी सम्पतिको संरक्षण गर्ने  दायित्व प्रमुख प्रशासकीय अधिकृतमा रहेपनि गंगादेवका अधिकारीहरू माैन देखिएका छन्।

गाउँपालिकाले खत्री बसिरहेकाे भवनलाई मासिक २५ हजार तिर्दै आएको स्रोत बताउँछ। गंगादेवले उपलब्ध गराएजति भाडा निवर्तमान अध्यक्षले दिन नसक्ने आकलन गर्दै अब भवन भाडामा नदिने घरधनीले बताउँदै आएका छन्। 

बारम्बार चर्चामा आइरहने गंगादेव गाउँपालिका निवर्तमान अध्यक्ष खत्री सरकारीनिवासकाे विषयले पुनः चर्चामा आएका छन्। नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश उपाध्यक्ष समेत रहेका उनी यतिबेला स्थानीयवासी र पार्टी नेता–कार्यकर्ताबाट आलाेचित बनिरहेका छन्।

उता नवनिर्वाचित अध्यक्ष हरिबहादुर पुनले भने सरकारी निवासको सेवा नलिने घोषणा गरिसकेका छन्।

प्रकाशित मिति: : 2022-06-16 03:48:00

प्रतिकृया दिनुहोस्