‘हार्जङ घटना’ भनेको घरभित्र बसिरहेकाहरूलाई आगो लगाएर हत्या गरिएको घटना हो। भाग्ने क्रममा समात्दै, गोली हान्दै, कुट्दै, पित्दै आफ्नो कब्जामा लिएर हत्या गरिएको थियो। मानवअधिकारको दृष्टिकोणले गम्भीर उलघंनको घटना हो।
राज्यले त्यस्तो घटनामा संलग्न भएका मान्छेहरूलाई कारबाहीको साथ–साथै पीडितलाई राहतको कुराहरू गर्नुपर्ने थियो तर गरेन। उनीहरूको अवस्था जस्ताको त्यस्तै छ। त्यतिखेर आस्था राखेकै कारण मारिएको छ।
आस्था राख्न पाउनु अधिकारको कुरा हो। हाम्रो संविधानले दिएको अधिकार हो। आस्था राखेकै कारण कसैको हत्या गरिएको छ! त्यस्ता अपराधीहरूलाई कारबाही गरिनुपर्छ। पीडकलाई राहतको व्यवस्था गरिनुपर्छ भन्ने मलाई लाग्छ।
त्यो क्रममा म यहाँ आउँदा जो मान्छे पनि डराउने अवस्था थियो। गाउँमा प्रवेश गर्नेलाई पनि ठाउँ–ठाउँमा उहाँहरू सेन्ट्री बसेको अवस्था थियो। किन भने यहाँ कोहि मान्छे आएर थर्काउछ, मार्छ भन्ने थियो। तर त्यो घटनापछि प्रहरी चौकी पनि आयो।
मैले सुनेको त्यतिखेर प्रहरी चौकी राखेपछि पनि सुरक्षित थिएन रे। यहाँका बासिन्दालाई थाहा होला राज्य र विद्रोही पक्ष दुवै पक्षबाट पीडित भएको सुन्नँ पाइन्छ। यो एउटा जनयुद्ध नभएर व्यक्तिलाई पोस्ने युद्धको महसुस भयो। मृत्यु की मुक्ति भनेर लागेहरूले सर्वसाधरणलाई मार्न निर्देशन दिएका थिए।
घनश्याम आचार्य, मानवअधिकारकर्मी