राेल्पाकाे थबाङ गाउँपालिकामा टाइफाइड रोग विरूद्धको खोप अभियान सुरू भएको छ।
चैत २२ देखि २८ सम्म टाइफाइड विरूद्धको खोप अभियान जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थबाङस्थित श्री वीर बलभद्र नमूना मावि झकेबाङ रोल्पाबाट शुरू भएको हो।
विद्यालयले उपलब्ध गराएको ५ वर्ष देखि १५ वर्ष उमेर समूहका कैयाैं विद्यार्थीहरूले टाइफाइड विरूद्धको खोप लगाएका छन्।
गाउँपालिका स्वस्थ्य शाखा प्रमुख तुलबहादुरले बिएल नेपाली सेवालाई जानकारी गराएअनुसार १८ जना बालबालिका ४ वर्षमुनिका रहेका छन्। पहिलाे दिनकाे खोपको प्रगति राम्राे रहेको उनले बताएका छन्।
खोप कार्यक्रममा स्वस्थ्य सहायक आकृति पुनमगर, अनामी रोशनी बुढामगर, अनमी विश्रान्ति रोकालगायत स्वंयसेवक, शिक्षक, विद्यालय नर्स साथै विद्यालय परिवारहरूको सहयोग रहेको थियो।